घोराही, वैशाख २४ । दाङ तुलसीपुर उपमहानगरपालिका – ४ रक्षाचौरका कृष्णबहादुर खड्का नेपाल नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी संघ दाङको संस्थापक अध्यक्ष बनेका छन् ।
निर्माण ब्यबसायी संघ दाङका उपाध्यक्ष र रक्षाचौर नमुना माविका बिद्यालय ब्यबस्थापन समितिका अध्यक्षसमेत रहेका खड्काको नेतृत्वमा सर्वसम्मत रुपमा लोकतान्त्रिक निर्माण व्यवसायी संघ दाङ पहिलो पटक जिल्लामा गठन भएको हो ।
नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी संघको बुधवार घोराहीमा भएको प्रथम अधिवेशनले खड्काको नेतृत्वमा १६ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो ।
संघको उपाध्यक्षमा दीपक न्यौपाने र गिरधर भण्डारी, महासचिवमा उमाकान्त घिमिरे, सहमहासचिवमा राजेन्द्र श्रेष्ठ र प्रकाश केसी, कोषाध्यक्षमा हरिवंश दाहाल, सहकोषाध्यक्षमा नरेन्द्र कार्की रहेका छन् ।
त्यस्तै जिल्ला कार्यसमिति सदस्यमा मिना घर्ती मगर, लुमाराम बुढाथोकी, अनिल खनाल, बशन्त गिरी, बिक्रान्त योगी, शरद भण्डारी, हरिमाण खत्री र बिजय डाँगीलाई चयन गरिएको छ ।
निर्वाचित कार्यसमितिलाई नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीले प्रमाणपत्र प्रदान गरेका थिए ।
नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी संघ लुम्बिनी प्रदेश तदर्थ समितिका संयोजक विश्वकुमार चन्दको अध्यक्षता एवं नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीको प्रमुख आतिथ्यतामा भएको अधिवेशनको उद्घाटन सत्रका बक्ताहरुले व्यवसायिक एकता र पेशागत हकहितका लागि निर्माण व्यवसायीहरु एकजुट भएर लाग्नुपर्ने बताएका थिए ।
माउ पार्टीको नीति र सिद्धान्त विपरित नजान समेत पदाधिकारीलाई सचेत तुल्याइएको थियो ।
उद्घाटन कार्यक्रममा नेपाली कांग्रेस दाङका उपसभापति गिरिराज सुवेदी, नेपाली कांग्रेस क्षेत्र नं. १ (२) का सभापति दिनेश गिरी, नेपाली कांग्रेस घोराही नगर सभापति तिलक रावत, दाङ निर्माण व्यवसायी संघका अध्यक्ष प्रविण भण्डारी, नेपाली कांग्रेस क्षेत्र नं. २ का कार्यसमिति सदस्य मधुसुदन अधिकारी, नेपाली कांग्रेस प्रदेशसभा २ (१) का कार्यसमिति सदसय दुर्गा घर्ती ,नेपाली कांग्रेस नगर कोषाध्यक्ष प्रमोद पोख्रेललगायतले मन्तव्य व्यक्त गरेका थिए ।
नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी संघ लुम्बिनी प्रदेश सदस्य मिनबहादुर घर्तीको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजीकरण सदस्य बिजय डाँगीले गरेका थिए ।