२०८२ मङ्सिर १ गते सोमवार

सेनाका जवानले जंगलमा लगेर गरे श्रीमतिको हत्या

दाङ, बैशाख २२ । सुर्खेतमा नेपाली सेनाका एक जवानले जंगलमा लगेर श्रीमतिको हत्या गरेको खुलेको छ ।

वीरदल गण पाँचथरमा कार्यरत पिउठ पदमा कार्यरत गुर्भाकोट नगरपालिका – ५ का २८ बर्षीय वर्षीय दर्शन खत्रीले २६ बर्षीया श्रीमति प्रेमा ओली खत्रीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

शनिबार मात्रै दर्शन घर बिदामा आएका थिए । तर, उनले श्रीमतिलाई आँफु केही समय पछि मात्रै घर बिदामा आउने हुँदा साथी संग सामान पठाइ दिएको हुँदा छिन्चुमा सामान लिनका लागि बोलाएका थिए । तर, उनी आँफै घर आएका थिए ।


छिन्चुबाट पैदल घर फर्किने क्रममा भेरीगंगा नगरपालिका–१२ स्थित रामजानकी सामुदायिक वनमा शनिबार साँझ ढुँगा प्रहार गरि दर्शनले श्रीमतिको हत्या गरेको जिल्ला प्रहरी प्रमुख एसपी रुपेश खड्काले बताए ।


श्रीमतिलाई टाउकोमा ढुँगा प्रहार गरेपछि उनी अचेत बनेर लडेकी थिइन । त्यसपछि दर्शनले घाँटीमा उनकै दोपट्टाले बाँधेर घिसार्दै केही पर पानी भएको खोल्सोमा प्रेमाको शब फालेर राति नै घर पुगेका थिए ।


थाकल खान गएका स्थानीयले जंगलमा शब देखेपछि आइतबार दिउँसो प्रहरीलाई खबर गरेका थिए । हत्या भएको अवस्थामा प्रेमाको शब फेला परेपछि प्रहरीले दर्शनलाई घरबाटै पक्राउ गरेको थियो । उनीहरुकी एक पाँच बर्षीया छोरी पनि छन् ।

प्रकाशित मिति : २०८२ बैशाख २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *