२०८२ कार्तिक २१ गते शुक्रवार

बिजौरीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते


तुलसीपुर,बैशाख ११ । दाङको तुलसीपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन ।

बुधबार बेलुका ५ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा न १९ हाडिमे स्थित स्यालापानीबाट बिजौरी तर्फ आउदै गरेको रा ५ प ४८८९ नंम्बरको मोटरसाइकल र बिपरित दिशाबाट जादै गरेको रा ६ प ३०१५ नंम्बरको मोटरसाइकल एकआपसमा ठाेकिदा दुई जना घाइते भएका छन ।

घाइते हुनेहरुमा रा ६ प ३०१५ नम्बरको मोटरसाइकल चालक तुलसीपुर १९ बस्ने ५२ बर्षका मान बहादुर खत्री रहेका छन । उनको बाँया हात भाचिएको छ ।

उनलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारको लागी नर्सिङ होम नेपालगंज रिफर गरिएको प्रहरीले जनाएको छ ।


त्यस्तै दुर्घटनामा अर्का घाइते रा ५ प ४८८९ नम्बरको मोटरसाइकलमा पछाडी सवार रहेका तुलसीपुर १९ कै बर्ष ४० कि चुमा वली ओठमा चोट लागेको छ । अहिले उनको अवस्था सामान्य छ ।

प्रहरीका अनुसार रा ५ प ४८८९ नम्बरको मोटरसाइकल चालक तुलसीपुर – १९ बस्ने बर्ष १८ का बिष्णु वली, र दुबै मोटरसाइकल प्रहरी चौकि बिजौरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २०८२ बैशाख ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *