२०८२ कार्तिक २५ गते मङ्गलवार

घोडाले लात्ती हान्दा एक युवककोे मृत्यु

दाङ,बैशाख ११। दाङमा घोडाले लात्ती हान्दा एक युवककोे मृत्यु भएको छ ।

मृत्यु हुनेमा बबई गाउँपालिका–५ बबरपुरका १८ वर्षका योगेश सुनार रहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार हिजो बुधबार दिउँसो करिब २ बजे बाटोमा हिँडिरहेका सुनारलाई सोही ठाउँका ६० वर्षीय झगबिर ओलीको घोडाले पछाडिबाट लात्ती हान्दा सुनारकोे वायाँ कोखामा चोट लागेको थियो ।

घाइते सुनारलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि कोहलपुर बाँकेको नेपालगञ्ज मेडिकल कलेज रिफर गरिएको थियो ।

उपचारका क्रममा हिजो राति पौने ९ बजेतिर सुनारको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रहरी प्रवक्ता सूर्य रानाले जानकारी दिए ।

मृतक सुनारको शवलाई हाल सोही अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति : २०८२ बैशाख ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *