२०८२ बैशाख ३० गते सोमवार

माछा मार्ने क्रममा सल्यानमा एक जनाको मृत्यु


सल्यान,बैशाख १० । शारदा नदीमा माछा मार्ने क्रममा सल्यान छत्रेश्वरी गाउँपालिका ६ शंकमुलका ३० वर्षीय सन्ताेष विष्टकाे मृत्यु भएकाे छ ।

गएराति शारदा नदीमा माछा मार्ने क्रममा उनकाे गएराती नै मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएकाे छ ।

गाउँकै साथीहरु सँगै राती माछा मार्न गएका उनकाे करेन्ट लागेर हाे कि ढुंगामाचिप्लिएर मृत्यु भएकाे हाे भन्नेबारे एकिन नभएकाे जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएकाे छ ।

शव अहिले पाेस्टमार्टका लागि जिल्ला अस्पताल सल्यानमा राखिएकाे र पाेष्टमार्टम पछि सबै विवरण खुल्ने प्रहरीले जनाएकाे छ ।

सन्तोषसहित पाँच जना शंखमूलस्थित शंखपार्क नजिकैको शारदा नदीमा माछा मार्न गएका थिए । घटना लगतै उनलाई राती नै साथमा रहेका साथीहरु र परिवारले जिल्ला अस्पताल सल्यानमा ल्याएका थिए ।

बिष्टको मृत्युपछि उहाका साथमा रहेका चार जनालाई इलाका प्रहरी कार्यालय लुहामले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ। घटनाको अनुसन्धान पनि भइरहेको प्रहरीले जनाएको छ।

मृतक विष्टका श्रीमती र दुई छाेराछाेरी रहेका छन् ।

प्रकाशित मिति : २०८२ बैशाख ११ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *