तुलसीपुर,बैशाख ८ । दाङको तुलसीपुरमा गोली लागेर एक जनाको मृत्यु भएको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा न ७ मोतिपुरका ८३ वर्षका नारायण आचार्यको मृत्यु भएको प्रहरीले जनाएको छ ।
आज दिउँसो २ :३० बजेतिर आचार्यले आफुले आफैलाई गोली हानेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी प्रवक्ता सुर्य रानाले जानकारी दिए ।
उनका अनुसार आचार्य मोतिपुर स्थित घरको आफु सुत्ने कोठामा १२ बोर २ नाले बन्दुक(हतियार)ले छातिमा गोली लागेको अबस्थामा देखेपछि श्रीमति भगवती शर्मा(आचार्या)ले प्रहरीलाई खबर गरेकी थिइन् ।
आचार्य रेडक्रस दाङका पूर्व सभापति हुन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८२ बैशाख ८ गते सोमवार
