बबई, वैशाख ७ । तुलसीपुरका प्रतिष्ठित उद्योगी ब्यापारीका नेताका साथै नेपाली काँग्रेसका नेताहरु घरमै पुगेर एक जना अशक्त ब्यक्तिलाई ह्विल चियर वितरण गरेका छन् ।
जिल्लाका बबई गाउँपालिका – २ सीतापुरमा पुगेर स्थानीय ८१ बर्षीय छबिलाल वलीलाई झन्डै १६ हजार मूल्य पर्ने ह्विल चियर वितरण गरेका हुन ।
छबिलाललाई दुई महिना पहिले प्रेसर हानेपछि हिडडुल गर्न नसक्ने भएपछि नेपाली काँग्रेस बबइका सभापति प्रकाश बस्नेतको आग्रहमा नेपाल तरुण दल दाङका अध्यक्ष टीका घर्तीले समन्वय गरे पछि ह्विल चियर लगेर तुलसीपुरका ब्यापारिक नेताहरु घरमै पुगेर त्यो बितरण गरेका हुन ।
नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि बिमल रिजाल र तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिनिल केसी, काँग्रेसका युवा नेता दुर्गा खड्का, काँग्रेस बबइका सभापति प्रकाश बस्नेतको आग्रहमा नेपाल तरुण दल दाङका अध्यक्ष टीका घर्ती ह्विल चियर लगेर आँफै वलीको घरमा पुगेर बितरण गरेका हुन ।
उक्त ह्विल चियर खरिदमा रोटरी क्लबको ६० प्रतिसत र तुलसीपुर सिटी हस्पिटलको ४० प्रतिसत लगानीमा खरिद गरिएको थियो ।
सामाजिक उत्तरदायित्व अन्तरगत अशक्त ब्यक्तिहरुको जीवन सहज तुल्याउने उदेश्यले ह्विल चियर बितरण गर्दै आइएको हस्पिटल सञ्चालक समितिका अध्यक्षसमेत रहेका बिमल रिजालले बताए ।
रोटरी क्लब अफ तुलसीपुरका अध्यक्षसमेत रहेका बिनिल केसीले जहाँ समस्या त्यँहा रोटरी भन्ने अभिायन अन्तरगत बिभिन्न ब्यक्तिहरुलाई आवश्यकताका आधारमा ह्विल चियरहरु बितरण गर्दै आइरहेको र भविश्यमा पनि त्यो अभियानलाई निरन्तरता दिने वताएका थिए ।
नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधिसमेत रहेका तरुण नेता टीका घर्ती र बबई सभापति प्रकाश बस्नेतले आँफुहरुको आग्रह सुनेर ह्विल चियर किनेर ल्याइ घरमै पुगेर बितरण गर्ने ब्यक्तिहरुलाई धन्यबाद ज्ञापन गरेका थिए ।
वलीको परिवारले निशुल्क रुपमा ह्विल चियर घरमै ल्याइ प्रदान गर्ने समुहलाई धन्यबाद ब्यक्त गरेका थिए ।

