२०८३ असार ६ गते शनिवार

राम्री – कपुरकोट ४ किलोमिटर सडक चिटिक्क बन्दै

मर्मत गर्न १३ करोड २३ लाख बजेट

तुलसीपुर, बैशाख ७ । राप्ती राजमार्ग अन्तर्गत तुलसीपुरको राम्रीदेखि सल्यान कपुरकोट सडक खण्ड अन्तरगतको चार किलोमिटर सडक निर्माण गर्न २०८० माघ अन्त्यमा संझौता भएको थियो ।

२०८० /१०/२८ गते चार किलोमिटर सडक निर्माणको जिम्मा आरडी, उज्वल, लोकमणि ज्वाइन्ट भेञ्चरले सकारेको थियो ।

संझौता अनुसार २०८२ भदौ मसान्तसम्म सडक निर्माणको काम सम्पन्न गर्ने उल्लेख छ ।
राम्रीदेखि उत्तर कपुरकोटदेखि दक्षिण चार किलोमिटर सडक खण्ड बिस्तार तथा निर्माणका लागि १३ करोड २३ लाखमा काम भइ रहेको हो ।


पछिल्लो समय सडकमा सब – बेश बिच्छाउने काम धमाधम भइ रहेको छ । त्यस्तै केही स्थानमा कटिङको कामपनि चलिरहेको छ । निर्माणको जिम्मा लिएको कम्पनीले तोकिएकै समय भदौ मसान्तसम्म काम सक्ने गरि धमाधम काम भइ रहेको बताउँदै आएको छ ।


निर्माण कम्पनीकै आग्रहमा पछिल्लो समय बैशाख ८ गतेदेखि १४ गतेसम्म बिहान ११ बजेदेखि बेलुका ४ बजेसम्म सडक खण्ड बन्द गर्ने निर्णय गरिएको सडक डिभिजन कार्यालय दाङका प्रमुख सि.डी.ई. दीपेन्द्रबहादुर बिष्टले जानकारी दिए ।

प्रकाशित मिति : २०८२ बैशाख ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *