२०८२ कार्तिक २४ गते सोमवार

तुलसीपुर – कपुरकोट सडक खण्ड ७ दिन ७ घन्टा बन्द हुने

तुलसीपुर, बैशाख ७ । राप्ती राजमार्ग अन्तर्गत तुलसीपुर – कपुरकोट सडक खण्ड ७ दिन दैनिक ७ घन्टाका दरले बन्द गरिने भएको छ ।


सडक बिस्तार तथा निर्माणको कार्यमा सहजताका लागि बैशाख ८ गतेदेखि १४ गतेसम्म बिहान ११ बजेदेखि बेलुका ४ बजेसम्म सडक खण्ड बन्द गरिने भएको छ ।

सो सम्बन्धि सूचना सडक डिभिजन कार्यालय दाङले बैशाख ५ गते नै जारी गरेको छ । साना तथा अत्याबश्यक सवारी साधनले बैकल्पिक सडक मार्ग पैंयाखोरिया – सातबास – किमुचौर– कपुरकोट सडक खण्ड प्रयोग गर्नपनि सडक डिभिजन कार्यालयले सुझाएको छ ।


राम्रीदेखि उत्तरमा सडक निर्माणको काम चलिरहँदा सडक निकै अप्ठेरो र जिर्ण अवस्थामा रहेको हुँदा यसअघि पनि साना सवारी साधनले राम्रीदेखि केही दक्षिणको पैंयाखोरियादेखि यात्रा गर्दै आएका छन् ।

तर, त्यो सडक खण्डमा ठूला बस वा सवारी साधन भने सञ्चालन हुन सक्दैनन् । एम्बुलेन्स, स्कार्पियो, माइक्रो गाडी भने त्यो बाटोमा सञ्चालन हुँदै आएका छन् ।

प्रकाशित मिति : २०८२ बैशाख ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *