२०८२ बैशाख ३० गते सोमवार

गुडिरहेको बसमा एकाएक आगलागी, जलेर नष्ट

दाङ, बैशाख ६ । गुडिरहेको एउटा बसमा एकाएक आगलागी हुँदा जलेर नष्ट भएको छ ।


गुडिरहेको बसमा शुक्रबार बेलुका सवा ७ बजेपछि आगोलागी भएको थियो । आगलागी बाट बसेर पूर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

नेपालगञ्ज – अगैया हुलाकी सडक खण्ड अन्तरगत राप्ती सोनारी गाउँपालिका – ६ राप्ती पीडित तथा गुलरी सामुदायिक वनमा गुडिरहेको बसमा एकाएक आगलागी भएको थियो ।

बसमा गाडीको वाइरिङका तार सर्ट भइ आगलागी भएको अस्थायी प्रहरी पोष्ट फत्तेपुर (ख) बाँकेबाट प्रहरी सहायक निरीक्षक रेशमबहादुर खड्काले बताए ।
बाँकेको नेपालगञ्जबाट बुटवल तर्फ जाँदै गरेको प्रदेश ३०१००६ ख ०९८३ नम्बरको बसमा आगलागी भएको थियो ।
पेन्टिङ गर्नका लागि उक्त बस बुटवल तर्फ जाँदै थियो ।
बस दैलेखका चामुण्डाबिन्द्रासैनी नगरपालिका – ८ का ३५ बर्षीय हिमबहादुर शाहीले बस हाँकेका थिए ।


बसमा बसमा चालक र सहचालक मात्रै सवार थिए । घटनाबारे अनुसन्धाना भइ रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८२ बैशाख ७ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *