२०८२ कार्तिक २१ गते शुक्रवार

अचेत फेला परेका एमाले नेताको मृत्यु

दाङ, बैशाख ४ । कैलालीको जंगलमा अचेत अवस्थामा फेला परेका एक जना नेकपा एमालेका स्थानीय नेताको मृत्यु भएको छ ।

घोडाघोडी नगरपालिका–९ का ४८ बर्षीय पूर्व वडाध्यक्षसमेत रहेका कृष्णबहादुर शाहको मृत्यू भएको छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा शाह नेकपा (एमाले) बाट निर्वाचित भएका थिए । उनी शाह एमाले घोडाघोडी नगर कमिटीका उपाध्यक्षपनि थिए ।

शाह बिहीबार दिउँसो १ बजेतिर सिमली खोलानजिकै जंगलमा अचेत अवस्थामा फेला परेको र उद्धार गरि घोडाघोडी अस्पताल पुर्‍याए लगतै चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी निरीक्षक दीर्घबहादुर साउँदले जानकारी दिए ।


शाह अचेत अवस्थामा फेला परेको ठाउँमा सल्फास नामक बिषादीको खाली डिब्बा फेला परेको थियो ।

साथमा एउटा डायरी पनि फेला परेको प्रहरीले बताएको छ । जस्मा उनले अब आँफु यो संसारमा रहने छैन भन्ने लेखेका थिए ।

शाह बिहान साढे ९ बजेतिर घरबाट निस्किएको र बिहान ११ बजे तिर प्रहरीले खबर पाएको थियो । गाइ बस्तु चराउन गएका मानिसले प्रहरीलाई खबर गरेका थिए ।

घर भन्दा झन्डै ४५ मिनेट टाढा पैदल हिडेर गइ शाहले बिषादी सेवन गरेको प्रहरीले बताएको छ । उनीहरुलाई पनि शाहले आँफु मर्न जान थालेको कुरा गरेका थिए ।
पोष्ट मार्टम पछि शब आफन्तले लगेको प्रहरीले बताएको छ ।
घटनाबारे थप अध्यन हुने पनि प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८२ बैशाख ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *