२०८२ बैशाख ३० गते सोमवार

पहिरोले राप्ती राजमार्ग अवरुद्ध


दाङ, बैशाख ४ ।बिहीबार बिहानको बर्षा पछि झरेको पहिरोले राप्ती राजमार्ग अवरुद्ध भएको छ ।

राप्ती राजमार्ग अन्तरगत सल्यान र दाङको सीमानामा पर्ने राम्री नजिकै पछिल्लो समय झरेको पहिरोका कारण राजमार्ग अवरुद्ध भएको हो ।

सल्यानका प्रहरी प्रमुख डिएसपी केशर न्यौंपानेका अनुसार त्यो भन्दा पहिले पनि कुपुरकोट नजिकै पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको थियो । तर, त्यो पहिरो भने पंछाइ सकिएको छ ।
ती ठाउँहरुमा सडक निर्माणको काम भइरहेको छ ।

बिहीबार बिहान झन्डै डेढ घन्टा ठूलो बर्षा भएको थियो । जस्ले गर्दा राजमार्ग अन्तरगत बिभिन्न ठाउँमा पहिरो झरेको थियो । राजमार्ग अवरुद्ध भएपछि यातायातका साधन बाटोमै रोकिएका छन् । पहिरो पंछाएर सडक खण्ड सूचारु गराउने प्रयास जारी रहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०८२ बैशाख ५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *