२०८३ असार ६ गते शनिवार

५ बर्षीया नाबालिकामाथि यौन दुब्र्यहार गरेको आरोपमा ६५ बर्षे ब्यक्ति पक्राउ

तुलसीपुर, चैत ३१ । तुलसीपुरमा एक पाँच बर्षीया नाबालिका माथि यौंन दुब्र्यहार गरेको आरोपमा ६५ बर्षीय एक ब्यक्ति पक्राउ परेका छन् ।


तुलसीपुर उपमहानगरपालिका – २ का ६५ बर्षीय टंकबहादुर कवर योगी पक्राउ परेका हुन ।

चैत २९ गते दिउँसो सवा २ बजेरित घर भित्र कोठामा लगेर टंकबहादुरले बलात्कार गरेको भन्दै पीडित बालिकाले आमाले चैत ३० गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा आइ जोहरी दिएकी थिइन ।

त्यसपछि शनिबार बेलुकी पौने ८ बजेतिर खैरीपुर पुगेर प्रहरीले टंकबहादुरलाई नियन्त्रणमा लिएको थियो ।


पक्राउ परेका ब्यक्तिबारे थप अनुसन्धान तथा सोधपुछ भइ रहेको इप्रका तुलसीपुरका प्रहरी निरीक्षक बिनोद खत्रीले जानकारी दिएका छ्न ।

प्रकाशित मिति : २०८१ चैत्र ३१ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *