२०८२ कार्तिक २२ गते शनिवार

आँफु गर्भबती छु भन्दै हिड्ने किशोरीले चोरेकी थिइन रातिमा घरबाट बच्चा

दाङ, चैत ३१ । दैलेखमा आँफु गर्भबती छु भन्दै हिड्ने एक जना किशोरीले भारतमा बस्ने आफ्ना केटा साथीलाई देखाउन रातिमा घरबाटै तीन महिनाको नाबालिका श्रीया बुढाको चोरी गरेको खुलेको छ ।

अबिबाहित उनी गाउँकै एक जना युवक संग प्रेम सम्बन्धमा थिइन । उनका केटा साथी हाल रोजगारीको खोजीमा छिमेकी देश भारतमा छन् ।

उनैलाई देखाउनका लागि बच्चा चोरेको कुरा अनुसन्धानबाट खुलेको छ ।


गाउँ घरमा आँफु गर्भबती रहेको कुरा बताउँदै हिड्ने उनले केटा साथीलाई देखाउनकै लागि बच्चा चोरी गरेको जिल्ला प्रहरी प्रबक्ता लालबहादुर सुनाले बताए ।

ती किशोरीले पहिले देखि नै आफ्नो सामाजिक सञ्जालहरुमा आँफु गर्भबती रहेको कुरा लेख्दै आएकी थिइन ।

टिकटक लगाएतका सञ्जालहरुमा पनि आँफु गर्भबती भएको कुरा उनले फोटो वा भिडियो बनाइ राख्दै आएको पाइएको प्रहरीले बताएको छ ।

उनले आँफु गर्भबती रहेको कुरा गाउँ घरमा बताउँदै हिड्ने गरेको , टिकटक लगाएत सामाजिक सञ्जालमा आँफु गर्भबती रहेको कुरा पोष्ट गर्ने गरेको र आँफुले बच्चा जन्माएको कुराहरु लेख्ने गरेको हुँदा ती किशोरीले नै आफ्ना केटा साथीलाई बच्चा देखाउनका लागि तीन महिनाकी श्रीया बुढालाई घरबाटै चोरी गरेको भन्ने खुलेको प्रहरीले बताएको छ ।
श्रीया बुढा दैलेखको ठाटीकाँध गाउँपालिका–१ सिराडीबाट बमबहादुर बुढाकी छोरी हुन ।
तीन महिने श्रीया बुढा बिहीबार राति ९ बजेतिर घर भित्रै सुतेको अबस्थामा एकाएक हराएकी थिइन ।

प्रहरीले शुक्रबार बिहान ९ बजेतिर चामुण्डाबिन्द्रासैनी नगरपालिका–३ को लामिडाँडा जंगल बाट श्रीयाको सकुशल उद्धार गरेको थियो ।


श्रीयालाई बोकेर हिडिरहेको समयमा चामुण्डाबिन्द्रासैनी नगरपालिका–२ सिफलकी १८ बर्षीया एक किशोरीलाई फेला पारेको थियो ।

श्रीया हराउनु भन्दा पहिला घर पछाडिको रुखमा राखेको खरमा आगजनी भएको थियो ।


बमबहादुर र उनकी श्रीमति घरमा सुतिरहेका छोरा छोरीलाई छोडेर आगो निभाउन गएको समयमा श्रीयाको चोरी भएको थियो ।

बाबु आमा आगो निभाइ फर्केर घरमा आँउदा श्रीया फेला नपरेपछि अत्तालिएका थिए । रातिदेखि नै प्रहरीले श्रीयाको खोजी थालेको थियो ।

यो पनि हेर्नुहोस : घरमै सुतिरहेकी ३ महिनाकी बच्ची राति घरबाटै चोरी, बिहान जंगलबाट सकुशल उद्धार, एक किशोरी पक्राउ

प्रकाशित मिति : २०८१ चैत्र ३१ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *