दाङ, चैत ३० । रोल्पामा ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालक घाइते भएका छन् । घाइते हुने ब्यक्ति दाङका हुन ।
मोटरसाइकल चालक दाङको लमही नगरपालिका – ७ लमही घर भइ हाल रोल्पा नगरपालिका – ४ लिवाङ बस्दै आएका ४० बर्षीय नारायण चौधरी घाइते भएका छन् ।
दुबै हात खुट्टा र टाउकोमा चोट पटक लागेको चौधरीको अवस्था मध्यम रहेको तथा उनको रोल्पा जिल्ला अस्पतालमा उपचार जारी रहेको प्रहरीले बताएको छ ।
चौधरी सवार रा ४ प ५८८१ नम्बरको मोटरसाइकललाई लु ४ त ३२९८ नम्बरको ट्रयाक्टरले रोल्पा नगरपालिका – ४ शिवालय चोक नजिकै ठक्कर दिएको थियो ।
दुर्घटना शुक्रबार बेलुकी पखको भएको थियो । ट्याक्टर चालक र ट्रयाक्टर प्रहरी नियन्त्रणमा छन् ।
प्रकाशित मिति : २०८१ चैत्र ३० गते शनिवार