२०८२ मङ्सिर १ गते सोमवार

घरमै सुतिरहेकी ३ महिनाकी बच्ची राति घरबाटै चोरी, बिहान जंगलबाट सकुशल उद्धार, एक किशोरी पक्राउ

दाङ, चैत २९ । बिहीबार राति घरमा सुतिरहेकी ३ महिनाकी नाबाबालिका चोरी बेपत्ता पार्ने एक किशोरी जंगलबाट पक्राउ परेकी छन् ।

प्रहरीले नाबालिकालाई सकुशल उद्धार गरेको छ । दैलेखको ठाटीकाँध गाउँपालिका–१ सिराडीका स्थानीय बमबहादुर बुढाकी तीन महिने छोरी श्रीया बुढा घरमै सुतिरहेको समयमा एकाएक हराएकी थिइन ।

तीन महिनाकी श्रीया बुढालाई नाटकिय ढंगले चोरी गरि बेपत्ता पारिएको थियो । श्रीया हराउनु भन्दा पहिला उनका बाबु बमबहादुर बुढा र उनकी श्रीमति छोरी संगै घरमा सुतिरहेका थिए ।


जतिखेर घर पछाडिको रुखमा राखिएको खरमा आगो लागेको देखेपछि छिमेकीले बमबहादुरलाई खबर गरेका थिए ।
त्यो आगो निभाउन भनेर बमबहादुर र उनकी श्रीमति घरमा सुतिरहेका छोरा छोरीलाई छोडेर त्यता गएका थिए । उनीहरु आगो निभाएर फर्केर घरमा आउँदा सुतिरहेकी नाबालिक श्रीया छोरी फेला परेकी थिइनन् । त्यसपछि ठाटीकाँध प्रहरीमा उनीहरुले खबर गरेका थिए ।

अपत्यारिलो खबर सुनेपछि प्रहरी बिहीबार रातिदेखि नै श्रीयाको खोजीमा लागेको थियो । शुक्रबार बिहान ९ बजेतिर चामुण्डाबिन्द्रासैनी नगरपालिका–३ को लामिडाँडा जंगल बाट प्रहरीले श्रीयालाई सकुशल रुपमा उद्धार गरेको हो ।


बच्चा बोकेर भाग्दै गरेकी एक किशोरीलाई पनि प्रहरीले नियन्त्रणमा लिइएको छ ।
पक्राउ पर्ने १८ बर्षीया किशोरी चामुण्डाबिन्द्रासैनी नगरपालिका–२ सिफलकी रहेको प्रहरीले बताएको छ ।


इलाका प्रहरी कार्यालय दुल्लुका प्रमुख प्रहरी निरीक्षक श्याम अर्यालले प्रहरीले नियन्त्रणमा लिएपछि ती किशोरीलाई जंगलबाट इप्रका तिर ल्याउने क्रम जारी छ ।
नाबालिका चोरीको घटनाबारे थप कुरा अनुसन्धान पछि सार्वजनिक गर्ने प्रहरीले बताएको छ ।

यद्यपी प्रहरी नियन्त्रणमा रहेकी किशोरीले श्रीयालाई केही पुरुषले ल्याएर आँफुलाई दिएको प्रहरी समक्ष सोधपुछका क्रममा प्रारम्भीक बयान दिएकी छन् ।

प्रकाशित मिति : २०८१ चैत्र २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *