२०८२ कार्तिक २५ गते मङ्गलवार

आज दिनभर कस्तो रहनेछ मौसम ?


दाङ,चैत २९ । देशका केही ठाउँमा अहिले पनि हल्का पानी परिरहेको छ । उदयपुर, गुल्मी, जुम्ला, कैलाली, बाँकेलगायतका जिल्लाहरुमा अहिले पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै ठाउँहरुमा तथा देशका बाँकी भूभागका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

साथै, कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशका एक–दुई ठाउँमा ठूलो वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै उच्च पहाडी तथा हिमाली भूभागका थोरै ठाउँमा हिमपातको सम्भावना छ ।

हिजोदेखि देशका धेरै ठाउँमा वर्षा हुँदा तुवाँलो हटेको छ भने वायु प्रदूषणमा सुधार आएको छ । यस्तै वन डढेलोमा लागेको आगो निभेको छ ।

खेतबारी भिज्ने गरी पानी परेपछि किसान खुशी भएका छन् । भोलि पनि पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २०८१ चैत्र २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *