२०८३ असार ६ गते शनिवार

कांग्रेस दाङको तेश्रो जिल्ला सम्मेलनको तयारी पूरा, महामन्त्री शर्माले सम्वोधन गर्ने

घोराही,चैत्र २८ । नेपाली कांग्रेस दाङको तेश्रो जिल्ला सम्मेलनको तयारी पूरा भएको छ ।

पार्टी गतिविधिको समीक्षा गर्नुका साथै आगामी रणनीति तथा कार्यक्रम तय गर्ने उद्देश्यले हुन थालेको तेश्रो जिल्ला सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको नेपाली कांग्रेस दाङले जनाएको छ ।

तेश्रो जिल्ला सम्मेलनलाई सभ्य, भव्य र प्रभावकारी बनाउनका लागि उपस्थीतिका लागि नेपाली कांग्रेस दाङले वडा कार्यसमिति, पालिका कार्यसमिति, क्षेत्रीय कार्यसमिति, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, क्षेत्रीय प्रतिनिधि, भातृ तथा शुभेच्छुक संघसस्थाका प्रतिनिधिलगायत सवैलाई आग्रह गरेको छ ।

जिल्ला सम्मेलनमा पार्टीले बर्षभरी गरेका कार्यक्रमको गम्भीर समीक्षा, आगामी कार्ययोजना चुस्तदुरुस्त बनाउने र पार्टीका सबै संघसस्थालाई सशक्त र क्रियाशील बनाउनका लागि भूमिका खेल्ने नेपाली कांग्रेस दाङका सचिव अर्जुन योगीले जानकारी दिएका छन् ।

जिल्ला सचिव योगीका अनुसारका शुक्रवार हुने तेश्रो जिल्ला सम्मेलनका लागि मञ्च व्यवस्थापन, अतिथिलाई निमन्त्रणा, सांगठनिक तथा आर्थिक प्रतिवेदन बनाउनेलगायतको सम्पूर्ण तयारी पूरा भएको छ ।

सम्मेलन विहान ११ बजेदेखि घोराही उपमहानगरपालिका–१४ स्थीत बहुउद्देश्य सभागृहमा हुनेछ । सम्मेलनले कांग्रेसका नेता कार्यकर्तालाई नयाँ ऊर्जाका साथ पार्टीलाई अघि बढाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

सम्मेलनलाई नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, नेपाली कांग्रेसका केन्द्रिय सदस्यहरु दीपक गिरी, कृष्णकिशोर घिमिरे, गेहेन्द्र गिरी, योगेन्द्र चौधरी, नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनलगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली काग्रेस दाङले जनाएको छ ।

प्रकाशित मिति : २०८१ चैत्र २८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *