२०८२ कार्तिक २९ गते शनिवार

१६ बर्षीया धनमाया खत्रीको चट्याङबाट मृत्यु, १५ र १३ बर्षका दुई जना घाइते

दाङ, चैत २८ । रोल्पामा चट्याङ पर्दा एक जना १६ बर्षीया किशोरीको मृत्यु भएको छ । १५ बर्षे किशोर र १३ बर्षीया किशोरी घाइते भएका छन् ।

जिल्लाको सुनिलस्मृति गाउँपालिका – ५ काप्जिङमा १६ बर्षीया धनमाया खत्रीको चट्याङ पर्दा मृत्यु भएको हो ।

रोल्पा नगरपालिका – १० कुटिवाङमा पनि घर रहेकी धनमाया आफन्तको साथमा गोठ गएको र सुतिरहेको समयमा चट्याङ पर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

सुनिलस्मृति – ५ कै १५ बर्षीय नबीन खत्री र १३ बर्षीया लिला घर्तीपनि चट्याङबाट घाइते भएकी छन् । घाइते खत्रीको अवस्था मध्यम रहेको छ ।

उनको वास्थ्य चौकी कालीगाउँ रोल्पामा उपचार भइ रहेको छ भने घर्तीको अवस्था सामान्ने छ । लिला टीकाबहादुर घर्तीको छोरी हुन । घरमा परेको चट्याङबाट घर्तीका घरका दुई वटा बाख्रा पनि मरेका छन् ।


त्यस्तै सुनछहरी गाउँपालिका – ३ कुलबहादुर बुढाको घरमा चट्याङबाट क्षति पुगेको छ । ढुँगामाटो र जस्ता पाताको छानो भएको घरमा चट्याङ पर्दा गाह्रो चर्किएको छ । सोलार प्यानल, ब्याट्री तथा साउन्ड बक्समा क्षति पुगेको प्रहरीले जानकारी दिएको छ ।

हावाहुरीले रुन्टीगढी गाउँपालिका वडा नं. ५ हापखोलाको बालकल्याण प्राबिको जस्तापाताको छाना उडाइ दिएको छ । छानो उडाएपछि विद्यालयका सबै कागजजात पानीले भिजेर काम नलाग्ने भएका प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८१ चैत्र २८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *