२०८२ फाल्गुन २१ गते बिहिवार

दाङसहित देशका अधिकांश स्थानमा हावाहुरीसहित वर्षा


दाङ,चैत २८ । दाङ उपत्यकासहित देशका अधिकांश स्थानमा हावाहुरीसहित वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले दाङ उपत्यकासहित देशका विभिन्न भागमा वर्षा भएको हो ।

महाशाखाका अनुसार अहिले पनि केही ठाउँमा भारी वर्षा भइरहेको छ । लुम्बिनी प्रदेशसहित सबै प्रदेशमा आज वर्षाको संभावना रहेको छ । महाशाखाका अनुसार केही समय रोकिए पनि बिहीबार दिनभर र शुक्रबारसम्म नै वर्षाको सम्भावना छ ।

यो वर्ष सात महिनापछि उपत्यकामा वर्षा भएको हो ।

महाशाखाका अनुसार आज देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

हावाहुरी र वर्षा भएसँगै प्रदूषण घट्ने अनुमान गरिएको छ भने बनमा लागेको डेढेलो समेत नियन्त्रणामा आउने भएको छ ।

प्रकाशित मिति : २०८१ चैत्र २८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *