२०८२ कार्तिक २९ गते शनिवार

पाणिनी सम्मेलनको प्रधानमन्त्रीले गरे उद्घाटन

अर्घाखाँची, चैत २७ । अर्घाखाँचीस्थित पाणिनी गाउँपालिकामा बुधबारदेखि ऐतिहासिक पाणिनी सम्मेलन सुरु भएको छ ।


प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनको दिउँसो उद्घाटन गरेका छन् ।

अर्घाखाँचीमा मुख्यमन्त्री चेतनारायण आचार्यले प्रधानमन्त्री ओलीलाइ स्वागत गरेका थिए । सम्मेलनले संस्कृत भाषा, प्राचीन ज्ञान र पर्यटनको उज्यालो भविष्यको ढोका समेत खोल्ने अपेक्षा गरिएको छ।


दुई दिनसम्म चल्ने सम्मेलनमा संस्कृतका विद्वान, धर्मगुरु, शोधकर्ता र नीति निर्माताहरूको उपस्थिति छ ।

कार्यक्रमको आयोजन लुम्बिनी प्रदेश सरकारअन्तर्गत उद्योग, पर्यटन तथा यातायात मन्त्रालय, पर्यटन विकास परिषद्, पाणिनी गाउँपालिका र रैनादेवी छहरा गाउँपालिकाको संयुक्त रुपमा आयोजना गरेका हुन ।

प्रकाशित मिति : २०८१ चैत्र २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *