२०८३ कार्तिक २३ गते आइतवार

सिसि टिभी  जडान गर्न दुई बैकले दिए ७५ हजार 


शरद रेग्मी, दाङ,चैत २६ । तुलसीपुर  उद्योग वाणिज्य सङ्घले सुरु गरेको” सुरक्षित तुलसीपुर सुन्दर तुलसीपुर” अभियानमा हातेमालो गर्न तुलसीपुरका बैँकहरुले सुरु गरेका छन ।

मंगलबार सिद्धार्थ बैकले ५० हजारको चेक प्रदान गरेको छ । बैकका प्रबन्धक किरण आचार्यले अध्यक्ष बिनिल केसीलाई सो चेक हस्तान्तरण गरेका हुन ।

त्यस्तै मङ्गलबार नै शाइन रेसुङ्गा डेभलपमेन्ट बैक तुलसीपुरले अभियानमा हातेमालो गर्न २५ हजार उपलब्ध गराएको छ। बैङ्कका प्रबन्धक  दिपेन्द्र थापाले अध्यक्ष केसीलाई २५ हजारको चेक प्रदान गरेका हुन ।

यस अघि मुक्तिनाथ बैङ्कले यो अभियानमा ५१ हजार सहयोग गरिसकेको छ । वाणिज्य सङ्घका अध्यक्ष  केसीको अध्यक्षतामा भएका कार्यक्रममा  बोल्ने वक्ताहरूले तुलसीपुरलाई अब प्रविधिको माध्यमबाट सुरक्षित गर्नुपर्ने बताएका छन ।

सो अवसरमा अध्यक्ष केसीले हबिगत चार वर्ष देखि बिग्रीएका बाह्र थान सिसि क्यामरा मर्मत गरि सुचारु गरिएको बताए । सुरक्षित तुलसीपुर अभियान अन्तर्गत सिसि क्यामरा जडान देखि मर्मतका कामहरू सुरु गरिएको छ उनले भने,”  अहिले २२ वटा क्यामरा सुचारु छन ।

सो अवसरमा तुलसीपुर बैङ्कर्सका अध्यक्ष रञ्जन कोइरालाले  वाणिज्य सङ्घले थालेको अभियानमा सबै बैङ्कहरूको सहकार्य हुने बताए  ।

कार्यक्रममा क्लबका सल्लाहकार सरोज लामिछानेले भने,” तुलसीपुर सबैको हो यसलाई सुरक्षित बनाउनु हामी सबैको दायित्व हो । यसमा सबैको हातेमालो हुन जरुरी छ ।”

सो अवसरमा  सङ्घका पूर्व अध्यक्ष विमल रिजालले सामाजिक उत्तरदायित्व पुरा गर्दै यस क्षेत्रको विकासमा निजी क्षेत्रले सधैँ अग्रसर भएर लाग्ने बताए ।

उनले  सम्झ बैकर्सहरूसँग हातेमालो गर्दै अघि बढ्नु पर्ने सुझाब दिए ।कार्यक्रममा नेपाल विद्युत  प्राधिकरण तुलसीपुर बितरण केन्द्रका प्रमुख शिव गोसालीले पश्चिम दाङमा आफूले केही सुधारका कामहरू सुरु गरेको बताए  ।

उनले पश्चिम दाङमा बयालीस सय घर धुरि विद्युतको पहुँच भन्दा बाहिर रहेको भन्दै गंगटे,  जिला र मलै क्षेत्रमा विशेष चासो दिएर   विद्युत  बिस्तार गरिरहेको बताए ।


सो अवसरमा  सङ्घका सल्लाहकार समितिका सदस्य टिकाराम रोका, मानार्थ सदस्य पूर्ण प्रसाद धिताल लगायतकाले बोलेका थिए  ।

उपाध्यक्ष नरेशराज भण्डारीले स्वागत गर्नुभएको कार्यक्रमको सहजिकरण महासचिव केशवराज केसीले गरेका थिए ।

प्रकाशित मिति : २०८१ चैत्र २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *