तुलसीपुर , चैत २६ । तुलसीपुरमा एक ब्यक्ति मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
तुलसीपुर उपमहानगरपालिका – १० चैलाहीका ५२ बर्षीय रोमहर्ष खत्री तुलसीपुर – ९ दोघरेमा मृत अवस्थामा फेला परेका हुन ।
इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक बिनोद खत्रीले खत्री लामो समयदेखि आँफुखुसी घरदेखि हिड्ने गरेको कुरा अनुसन्धानबाट खुलेको बताए ।
‘गत साउनदेखि नियमित रुपमा घरमा बसेको देखिदैन,’ खत्रीले भने ‘ मदिरा खाँदै हिड्ने गरेको भन्ने खुल्यो ।’
बिहान फेला परेको सबको आफन्तले पहिचान गरेका थिए । पोष्टमार्टम पछि सव आफन्तले बुझेको प्रहरीले बताएको छ । घटनाबारे थप अनुसन्धान हुने पनि प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०८१ चैत्र २६ गते मङ्गलवार