२०८३ भाद्र १० गते बुधवार

एयरपोटदेखि बीरेन्द्र चोकसम्मको सडक मापदण्ड बारेको अन्यौंलता छिट्टै हट्नु पर्छ – दीपक गिरी

तुलसीपुर , चैत २६ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले राप्ती राजमार्ग अन्तरगत तुलसीपुर खण्डमा मापदण्ड बारेको अन्यौलता छिट्टै हट्नुपर्ने बताएका छन् ।

राप्ती राजमार्गअन्तर्गत पर्ने तुलसीपुरको एयरपोर्टदेखि विरेन्द्रचोकसम्मको सडकको सीमा मापदण्डबारे अन्यौंलता कायमै छ । मंगलबार ‘राप्ती राजमार्ग, तुलसीपुर क्षेत्र सरोकार मञ्च’ले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै दाङ क्षेत्र नं. ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेका नेता गिरीले सडकको मापदण्डबारेको अन्यौलता हटाउनका लागि आफूले सक्दो पहल गर्ने आश्वासन दिएका हुन ।
यो क्षेत्रमा सरकारको उदासीनताका कारण लामो समयसम्म जनताको सम्पत्तिको मूल्यांकन नहुनुका साथै बजार विस्तार हुन नसकेको ध्यानाकर्षण पत्र बुझाउन गएकाहरुले बताएका थिए ।
मञ्चका अध्यक्ष नवराज लामिछानेले सडकको मापदण्डबारे अन्यौलता हुँदा दुर्घटनाको जोखिम बढेको, घर नक्सापास रोकिएको, घरजग्गा बिक्री–वितरणमा समस्या भइ रहेको हुँदा राजमार्ग बारेको अन्यौंलता छिटो हटाउनका लागि पलह गर्न नेता गिरीलाई आग्रह गरेका थिए । जबाफमा नेता गिरीले बर्षौंदेखिको सडक मापदण्डको अन्यौंलता चिर्नका लागि आफ्नो तर्फबाट पहल गर्ने आश्वासन दिएका थिए ।

मञ्चका पदाधिकारीहरुले सडकको मापदण्ड तत्कालिन तुलसीपुर नगर विकास समितिले तोकेको हुनुपर्ने, सहरी क्षेत्र विस्तारको क्रममा वडा नम्बर– ६ को सीमानादेखि टरिगाउँ विमानस्थलसम्म सडक केन्द्र बिन्दुको दायाँ बायाँ कायम गरिएको १५ / १५ मिटर सीमालाई मान्यता दिनुपर्ने माग राखिएको समितिका सदस्य–सचिव चेतन रेग्मीले बताए ।

मापदण्ड अनुसारको सडकमा स्तरोन्नति समयानुकूल हुनुपर्ने, कालोपत्रेको दायाँबायाँ नाला निर्माण हुनुपर्ने, खाल्डाहरू पुर्नुपर्ने ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

नेता गिरीलाई बुझाइएको ध्यानाकर्षण पत्रमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ र ६ का ७ वटा टोल विकास संस्थाका दुई सय ९४ जनाले हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति : २०८१ चैत्र २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *