२०८२ कार्तिक २४ गते सोमवार

जिप दुर्घटनामा परि २ जनाको मृत्यु

दाङ, चैत २४ । अर्घाखाँचीमा आइतबार बिहान भएको जिप दुर्घटना परि चालकसहित दुई जनाको मृत्यु भएको छ । थप दुई जना घाइते छन् ।

मृत्यु हुनेमा चालक मालारानी – ४ का २२ वर्षीय दिलिप खनाल र यात्रु बालकृष्ण रिजाल रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ ।


घाइते दुबै जना मालारानी ४ का – १७ वर्षीय भुवन पोखरेल र बसन्त पोखरेल घाइते छन । घाइतेलाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ ।

जिल्लाको मालारानी गाउँपालिका –३ ढुंगाडेमा आइतबार बिहान पौने चार बजे मालारानी – ४ लुटीपोखरीबाट खनदहतर्फ जाँदै गरेको लु २ च २९९० नम्बरको जिप सडदेखि दुई सय ५० मिटर जति तल खसेको थियो ।
जिप अनियन्त्रित भइ दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ चैत्र २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *