तुलसीपुर, चैत २२ । तुलसीपुर उद्योग वाणिज्य संघले शुक्रबार बिहान धार्मिक तथा पर्यटकीय स्थल छिल्ली कोटमा पर्यटन पबर्धन सम्बन्धि अन्तरक्रिया गर्ने भएको छ ।
तुलसीपुर उपमहानगरपालिका – १९ स्थित धार्मिक तथा पर्यटकीय स्थल छिल्लीकोटमा चैते दशैंको दिन बिहान उद्योग बाणिज्य संघले ‘निजी क्षेत्रको भूमिका बिषयक अन्तरक्रिया’ कार्यक्रम गर्न थालेको अध्यक्ष बिनिल केसीले बताए ।
पछिल्लो समय अध्यक्ष केसीले उद्यमशिलता बिकासमा जोड दिदै आएका छन् । साना उद्योगी ब्यबसायीको रचनात्मक कार्यलाई पबर्धन तथा प्रोत्सहान गर्ने उदेश्यले उनीहरुका उत्पादन कार्यलयमा र्याइ बनाएर पर्दशनीमा राखिएका छन् ।
तुलसीपुरको आर्थिक बिकासमा टेवा पुगोस भन्ने उदेश्यले उद्यमशिलता बिकासमा क्रियासिल र जोडिन चाहानेहरुले उत्पादन गरेको सामाग्री नमुनका रुपमा पर्दशनीमा राखेर ती बस्तु कस्ले उत्पादन गरेका हुन ? उनीहरुको सम्पर्क नम्बर र पर्ने मूल्य सूची त्यसमा उल्लेख गरिने अध्यक्ष केसीले बताए ।
त्यस्तै केसीले तुलसीपुर राख्ने उदेश्यका साथ पछिल्लो समय बित्तीय संघ संस्थाहरुलाई अनिवार्य रुपमा आफ्नो क्षेत्रको एक सय मिटरसम्मको दायाँ बाँया सडकको अवस्था कैद गर्ने खाले दुई वटा सिटी टिभी जडान अभियानका पहल थालेका छन् ।
बाणिज्य संघको पहल पछि धेरै बैंक तथा बित्तीय संस्थाहरुले सिसी टिभी जडान अभियान गर्न थालेका छन् ।
अध्यक्ष केसीकै सिफारिसतमा रातिको समयमा पनि तुलसीपुरलाई उज्यालो बनाइ राख्न हाइमाष्ट लाइट जडान भएका थिए ।
नेपाली काँग्रेस लुम्बिनी प्रदेशका संसदीय दलका नेता तथा तत्कालिन मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले वाणिज्य संघको सिफारिसतमा तुलसीपुर बजारका तीन वटा र बिजारीमा एउटा हाइमाष्ट लाइट जडान गर्ने योजना सफल पारेका थिए ।
शुक्रबार चैते दशैंको दिन बिहान हुने छिल्लीकोटको कार्यक्रममा प्रमुख जिल्ला अधिकारीका साथै जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु निम्त्याइएको बाणिज्य संघका प्रेस सल्लाहकार शरद रेग्मीले जानकारी दिए ।
अन्तरक्रिया कार्यक्रम बिहान ७ बजेपछि आयोजना गरिएको छ ।
बिगतका बर्षहरुमा पनि छिल्लीकोटमा बाणिज्य संघले चैते दशैंको अबशरमा बिषेश पूजा आरधना गर्दै आएको थियो ।
