दाङ, चैत २२ । चल्ती गाडीको ढोकाबाट लडेका सुर्खेतका एक युवकको सल्यानमा मृत्यु भएको छ ।
सुर्खेतको सिम्ता गाउँपालिका – ५ का २८ वर्षीय गणेश बुढा बिहीबार बेलुकी सवा ६ बजेतिर गाडीको ढोकाबाट खसेका थिए ।
छिन्चु –जाजरकोट सडक खण्ड अन्तरगत सल्यानको बनगाड कुपिन्डे नगरपालिका – १ बाङगिरा नजिकै कर्णाली प्रदेश ०२००१ ख ०७९० को फोर्स गाडीको ढोकाबाट खसेका बुढालाई अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।
उक्त गाडी बाँकेको नेपालगन्ज हुँदै सुर्खेतको गोजी बजार तर्फ जाँदै थियो ।
सल्यानका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक बाबुराम बस्नेतले का चालक सुर्खेतको सिम्ता गाउँपालिका – ५ का ४३ वर्षीय जिवराज गिरीसहित गाडी इलाका प्रहरी कार्यालय देवस्थलको नियन्त्रणमा रहेको बताए ।
यात्रु ढोकाबाट खसेर मृत्यु भएको घटनाबारे थप अनुसन्धान भइ रहेको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २०८१ चैत्र २२ गते शुक्रवार
