२०८३ कार्तिक २३ गते आइतवार

कोहलपुरको खड्गवार हात्तीसारमा हात्तीको आक्रमणबाट माउतेको मृत्यु

दाङ, चैत २१ ।बबाँके राष्ट्रिय निकुञ्जको कोहलपुर नगरपालिका – १३ मा रहेको खड्गवार हात्तीसारमा हात्तीको आक्रमणबाट एक जना माउतेको घटनास्थलमै ज्यान गएको छ ।

बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका –९ घर भइ बाँकेको खड्गवार हात्ती सारमा बिगत १८ बर्षदेखि गणेशगज नामक मकुना हात्तीको हेरचाहा गर्दै आएका माउते ४५ वर्षीय आशाराम थारुको घटनास्थलमै मृत्यु भएको थियो ।


बुधवार बेलुकी साढे ८ बजेतिर दाना र घाँस दिन गएका थारु माथि गणेश गजले एकाएक आक्रमण गरेको थियो ।

पहिला सुँडले हानेर कुल्चिएर २० सकेन्ड भित्रमै गणेश गजले आशारामको ज्यान लिएको बाँके राष्ट्रिय निकुञ्ज प्रशासनले जानकारी दिएको छ ।

२०६३ /१२/०६ गते जन्मिएको १८ बर्षको गणेशगज नामक मकुना हात्ती बिगतदेखि नै आशाराम थारुले माउतेका रुपमा रेखदेख गर्दै आएका थिए । थारु फनिक पदमा कार्यरत थिए ।

निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्र कँडेलले गणेश गज जन्मिएकै बर्ष बर्दियाबाट बाँके ल्याइ स्याहार सुसारको काम गर्दै आएका थिए । गणेश गजले नै २०७९ सालमा कृष्ण उपाध्याय माथिपनि आक्रमण गरेको थियो ।

आक्रमणबाट उपाध्यक्ष घाइते भएका थिए । अन्य धेरै यस्ता आक्रमणका प्रयासहरु गणेशगजले गरेको हात्तीशार प्रशासनले जानकारी दिएको छ ।

कँडेलका अनुसार भरखरै जवानी चढ्दै गरेका भोले हात्तीमा मदका कारण फरक ब्यबहार हुने गर्छ । यो समयमा पोथी हात्ती संग मिलनका चाहानाले गर्दा भाले हात्तीमा उग्रता आउँछ । त्यही कारण गणेशगजले माउते आशाराम माथि आक्रमण गरेको निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत कँडेलले बताए ।

आशारामले आवश्यक सावधानी अपनाउँदा अपनाउँदै पनि उनी माथि आक्रमण भइ ज्यान गुमाउनु परेको कँडेलले बताए ।
आशारामको ज्यान लिएपछि अबदेखि घाँस तथा दाना पानी केही कम गरिने भएको छ । उस्लाई केही समय चराउन पनि नलैजाने हात्तीशारका कर्मचारीहरुले बताएका छन् ।

थारुको शव पोष्टमार्टमका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुरमा राखिएको छ । पोष्टमार्टम पछि परिवारलाई शब बुझाइने कँडेलले बताए । निकुञ्जको नियम अनुसार उनको परिवारले राहात स्वरुप दश लाख प्राप्त गर्ने छन् ।

प्रकाशित मिति : २०८१ चैत्र २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *