काठमाडौं, चैत २० । काठमाडौंको तीनकुनेमा भएको राजावादी प्रदर्शनका क्रममा ज्यान गुमाएका पत्रकारसहित दुई युवाका परिवारलाई सरकारले जनही १० लाख रुपैयाँ सहयोग प्रदान गर्ने भएको छ ।
चैत १५ गते रिपोर्टिङमा गएका ३६ बर्षीय पत्रकार सुरेश रजकको घरमा लगाएको आगजनीका कारण जलेर र कीर्तिपुरका २० बर्षीय युवक सविन महर्जनको प्रहरीको गोली लागेर मृत्यु भएको थियो ।
बुधबार गृहमन्त्रीस्तरीय निर्णय बाट मृतक दुबै युवाका परिवारलाई जनही दश लाख उपलब्ध गराउने निर्णय गरेको हो ।
सविन महर्जन भने पेशाले चालक थिए । उनी काठमाडौं–हेटौंडा रुटमा सुमो गाडी चलाउँथे ।
प्रकाशित मिति : २०८१ चैत्र २० गते बुधवार