दाङ, चैत २० । सल्यानको त्रिबेणी गाउँपालिका – ६ की अञ्जना केसी थापा र उनका परिवार ठूलो तनाबमा छन् ।
रोजगारीको लागि दुबइमा रहेका अञ्जनाका ३५ बर्षीय श्रीमान युवराज थापालाई त्यहाँको अदालतले ७६ लाख क्षतिपुर्ती बाफत तिर्न भनेपछि अञ्जना र उनको परिवार चिन्तामा परेका हुन ।
साढे दुई र नौं बर्षेय नाबालक छोराकी आमा अञ्जना बिदेशमा रहेका श्रीमान युवराजका बिरुद्ध अदालतले त्यस्तो फैसला सुनाएदेखि ठूलो तनाबमा परेकी छन् । त्यसैले श्रीमानको जिवन रक्षाका लागि अञ्जना र उनका घर परिवार आफन्तले सबै संग सहयोगका लागि याचना गरेका छन् ।
श्रीमति अञ्जनाका अनुसार हालसम्म ब्यक्ति बिषेशले देश बिदेशबाट मानविय नाताले गरेको सहयोग स्वरुप ११ लाख जति संकलन भइ सकेको छ ।
अझैं ६० लाख बढी रकम संकलन हुन सके युवराज सहज रुपमा घर फर्किन पाउँछन् । नत्र भन्न सकिन्न । त्यही भएर अञ्जना आत्तिएकी हुन ।
अदालतले करिब ६ महिना पहिला गरेको फैसला अनुसार युवराजले ब्लड मनी बाफत उक्त रकम बुझाउनु पर्ने छ । तोकिएको रकम बुझाउनु पर्ने समय अब नजिक आउँदै छ ।
झन्डै १ महिना जति समय बाँकी रहेको हुँदा श्रीमान अञ्जना र उनको परिवारले सबै नेपाली संग स्वच्छिक सहयोग गरि उनको जीवन रक्षा गरिदिन आग्रह गरेका छन् ।
कमाउन गएका श्रीमान आँफै समस्या परेपछि श्रीमति अञ्जनाले सबै संग सहयोगका लागि हार गुहार गर्दै आएकी छन् ।
छोरा युवराजको जिवन रक्षाको लागि ठूलो रकम चाहिने भएपछि बुवा मानबहादुर थापाले पनि सहयोगको यचाना गरेका छन् । उनी त्रिवेणी गाउँपालिकामा पुगेर हारगुहार गरेका छन् । त्रिवेणी गाउँपालिकाका अध्यक्ष खिमबहादुर रावतले चैत १९ गते बक्तब्य मार्फत युवराज लागि सबैलाई सहयोगको अपिल गरेका छन् ।
३० मार्चमा युवराज स्वएंमले पनि आफ्नो सामाजिक सञ्जाल फेसबुकमा सबै नेपाली संग गुहार मागेका छन् ।
सहयोगका लागि याचना गरेका छन् ।
स्वीमिङ पुलमा नुहाउँदै गरेका कङगोका नागरिकको सन २०२३ मा हृदय घातका कारण मृत्यु भएपछि युवराज समस्यामा परेका हुन । युवराज होटेल हायातको स्वीमिङ पुलमा लाईफ गार्डको रुपमा कार्यरत थिए ।
होटेलमा आएका एक जना कङगोका नागरिक स्वीमिङ पुलमा नुहाउँदै गर्दा हृदयघात भइ मृत्यु भएको थियो । डिउटी युवराजको रहेको हुँदा अदालतले उनलाई दोषी ठहर गर्दै मृतकका हकदाबी कर्ताालई ब्लड मनी माफर्त ७६ लाख बुझाउन आदेश दिएको थियो ।
त्यो घटना पछि पछिल्लो समय युवराजले कुनै कामपनि गरि रहेका छैनन् । उनले थप भनेका छन् – ‘मलाइ सहयोग माग्न रहर थियन , छैन ,होइन ।तर म बिबश छु । मेरो यो अबस्था सबै जनाले बुझ्नु हुन्छ भन्ने पुर्न बिस्वास राखेको छु । म अहिले मेरो देश नेपाल खोजिरहेको छु । आशा छ मेरो देशले आफ्नो नागरिक अबश्य खोज्ने छ ।’
घरको आर्थिक अवस्था कमजोर रहेकै कारण बिदेश गएका थापा आँफै ठूलो समस्यामा परेपछि उनले आँफैपनि सहयोगका लागि याचना गरेका हुन ।
‘मेरो स्वभावले सहयोग माग्ने भन्दा सहयोग गर भन्छ तर मेरो आर्थिक स्थितिले सक्दै नसके पछि सहयोग माग्न बाध्य तुल्यायो,’ युवराजले भनेका छन् ‘म अहिले अतेन्त जटिल अबस्थामा दिन गुजारिरहेको छु । मेरो यो अहिलेको आर्थिक अभाब र मानसिक तनाब कम गर्न सम्पुर्ण नेपाली दाजु भाइ दिदी बहिनीले आर्थिक सहयोग गरेर मलाइ उद्दार गर्नु हुने छ भनेर पुर्न बिश्वास लिएको छु ।’