दाङ, चैत २० । बर्दियामा हजुर आमा संगै खेतमा मकै गोड्न गएका एक बालक चितुवाको आक्रमणमा परि गम्भीर घाइते भएका छन् ।
गुलरिया नगरपालिका – ५ बालापुरका ७ बर्षीय सर्जन चौधरी बुधबार दिउँसो चितुवाको आक्रमणमा परि गम्भीर घाइते भएका छन् ।
गुलरिया नगरपालिका – ४ इन्द्रेनी टोलमा हजुर आमा संगै खेतमा मकै गोड्ने क्रममा बालकलाई चितुवाले झम्टिएको थियो । हजुर आमा कराएपछि चितुवा उनका नातिलाई छोडेर भागेको थियो ।
घाइते बालकलाई बर्दियाको उपचार पछि बालकलाई थप उपचारका लागि बाँकेको नेपालगञ्जस्थित नर्सिङ होममा रिफर गरिएको छ ।
बालकको घाँटीमा चितुवाको आक्रमणबाट गहिरो घाउ खत रहेको तथा अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी प्रबक्ता डिएसपी ऋषिराम घर्ती मगरका अनुसार चितुवाले दिउँसो २ बजेतिर उनलाई आक्रमण गरेको थियो ।
घटना बारे प्रहरीलाई साढे २ बजेपछि मात्रै स्थानीयले खवर गरेका थिए ।

