२०८२ कार्तिक २५ गते मङ्गलवार

चोरीको आरोपमा तीन जना पक्राउ

बरामद भयो सुन र नगद


तुलसीपुर, चैत २० । कोही नभएको मौका छोपी घरमा प्रबेश गरि सुनका गरगहना र नगद चोरी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।


घोराही उपमहानगरपालिका – १७ का २२ बर्षीय शरद विश्वकर्मा सुनका गरगहना चोरीको आरोपमा पक्राउ परेका छन् ।

चोरीका गरगहना किन्ने घोराही – १४ सैनिक रोडस्थित ‘ जयमा सिंह सुनचाँदी गहना उद्योग’ नामक पसल सञ्चालक ६५ बर्षीय गुणराज शाक्यपनि पक्राउ परेको जिल्ला प्रहरी प्रबक्ता डिएसपी चक्रबहादुर शाहले बताए ।


घोराही – १५ एकता टोलकी ३८ बर्षीया तेजकुमारी बुढाथोकीको घरमा चैत ६ गते चोरी भएको थियो । चोरले सुन चाँदीका गर गहाना चोरी लगेको हुँदा बुढाथोकीले प्रहरीमा निबेदन दिएकी थिइन ।

चोरीमा संलग्न ब्यक्तिको हुलियाको आधारमा खोजी गर्ने क्रममा लमही नगरपालिका – ६ अर्जुन खोलाबाट बिश्वकर्मा पक्राउ परेका थिए । उनी सोमबार बिहान ११ बजेतिर पक्राउ परेका थिए ।


पक्राउ परेपछि स्वरुप परिवर्तन गरि बेचेका सुन र चाँदीका गरगहना पनि बरामद भएका थिए । स्वरुप परिवर्तन गरिएको ४ आना तौल भएका सुनका २ डल्ला, ६ आना तौल भएको सुनको १ डल्ला, १ तोला ८ लाल तौल भएको सुनको अर्काै १ डल्लो बरामद भएको थियो ।

त्यस्तै सुनको ‘टी’ लेखेको एउटा सिक्री, चाँदीको पाउजु १ जोडा, चाँदीको हातमा लगाउने बाला १ थान बरामद भएको डिएसपी शाहले बताए ।


त्यस्तै नगद ५० हजार चोरी गरेको आरोपमा घोराही – १७ चौघेराका २५ बर्षीय रोशन चौधरी पक्राउ परेका छन् । घोराही – १३ खरकट्टीमा मनिषा रोकाको घरमा चैत १५ गते दिउँसो नगद रकम चोरी भएको थियो ।

रोकाले पनि प्रहरी कार्यालयमा निबेदन दिएकी थिइन । अनुसन्धान गर्दै जाँदा चौधरी पक्राउ परेका हुन ।
चौघेराबाट घोराही तर्फ आउँदै गरेका चौधरीलाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रकाशित मिति : २०८१ चैत्र २० गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *