दाङ, चैत १९ । एक जना फरार प्रतिबादी २२ बर्षपछि पक्राउ परेका छन् ।
बलात्कार मुद्दाको फैसला पछि फरार रहँदै आएका जिल्लाको बर्दियाको बढैयाताल गाउँपालिका – १ जमुनीका ४१ बर्षीय कुलबहादुर सुनार २२ बर्ष १० महिना १९ दिन पछि पक्राउ परेका हुन ।
बलात्कार मुद्दामा जिल्ला अदालत बर्दियाले २०५९/०१/२९ गते सुनारलाई तीन बर्ष कैद सजाय तोकेको थियो । हाडनाता करणी मुद्दामा अदालतले तीन बर्ष कैदको फैसला सुनाएदेखि सुनार फरार रहँदै आएका थिए ।
जिल्ला प्रहरी प्रबक्ता डिएसपी ऋषिराज घर्ती मगरका अनुासर सुनार बाँकेको कोहलपुर नगरपालिका – ८ हवल्दारपुरबाट मंगलबार पक्राउ परेका हुन ।
पक्राउ पछि सुनारलाई मंगलबार नै अदालत पेश गरिएको थियो । अदालतको आदेशले तोकिएको कैद सजाय भुक्तानका लागि कारागार चलान गरिएको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०८१ चैत्र १९ गते मङ्गलवार
