दाङ, चैत १८ । दाङको देउखुरीमा एक समहुले ७५ बिगाहा क्षेत्रफलमा ब्यबसायिक रुपमा केरा खेती गर्दै आएको छ ।
बिगत दुई बर्षदेखि चितवनबाट आएको समुहले दाङको गढगा क्षेत्रको राप्ती नदीको बगरमा ७६ बिगाहा क्षेत्रफलमा केरा खेती गर्दै आएको छ ।
चितवनका नबराज तिमल्सेना, कृष्णप्रशाद दाहाल, निरबहादुर तामाङ र राजा बाबु शाहले मिलेर दाङमा आइ ठूलो क्षेत्रफलमा केरा खेती गर्दै आएका छन् ।
उनीहरुले गढवा गाउँपालिका – ७ झारबैरामा ३२ बिगाहा, वडा नं. ६ मा १८ बिगाहा र वडा नं. ४ पर्सा पर्सेनीमा ४३ बिगाहा जग्गामा केरा खेती गरेका छन् । गत बर्ष मात्रै उनीहरुले डेढ करोडको केरा बेचेको तिमल्सेनाले बताए ।
बिद्यालयदेखि ब्यक्ति बिषेशको जग्गा भाडामा लिएर उनीहरुले केरा खेती गर्दै आएका छन् । यो समुहले गढवा गाउँपालिका – ७ चन्दनपुरमा थप ४० बिगाहा जग्गामा यतिखेर विरुवा लगाउने काम गर्दै आएको छ भने लमही–कोइलाबास सडक खण्डको राप्ती नदी पुल नजिकको थप ४० बिगाहा जग्गामा पनि भाडामा लिइ सकेको बताएको छ ।
हप्ता दिन भित्रै पुल नजिकको जग्गामा पनि खाडल खन्ने तथा जमिन मिलाउने काम पुरा गरि बिरुवा रोप्ने थालिने भएको छ । दाङमा यो चार जनाको समुह मिलेर हालसम्म कुल एक सय ५५ बिगाहा जति जमिनमा केरा खेती गर्ने अन्तिम तयारी गरि सकेको छ ।
प्रयोग हिन र त्यसै खेर गइ रहेको राप्ती बगरमा केरा खेतीका कारण यतिखेर हराभर देखिएको छ । हालसम्म केरा खेतीमा लागेको खर्च एकै बर्षमा उठाइ सकेको बताएका तिमल्सेनाले यो बर्षदेखिको आम्दानी सबै फाइदा हुने बताए ।
चितवनमा बिगतदेखि नै केरा खेती गर्दै आएको यो समहुले त्यहाँको जग्गा रोगी भएका कारण दाङमा खेती गर्न आएको बताउँछ । जिल्लामा आइ ठूलो क्षेत्रफलमा केरा खेती गरेपछि बैशाखदेखि भदौसम्मको केराको माग जिल्लाकै उत्पादनले धान्न सक्ने भएको छ ।
केरा खेती तर्फको आकर्षणले जिल्ला मुख्य सिजनमा आत्मनिर्भर हुँदै गएको कृषी ज्ञान केन्द्रका सूचना अधिकारी पृथ्बी लामिछानेले बताए ।
लामिछानेका अनुसार जिल्लाको राप्ती गाउँपालिका र गढवा गाउँपालिकामा ठूलो क्षेत्रफलमा केराको ब्यबसायिक खेती हुँदै आएको छ ।


