दंगीशरण चैत्र १७ । दंगीशरण गाउँपालिकाले १८ औं गाउँसभा दंगीशरण गाउँपालिकाको सभाहलमा सम्पन्न गरेको छ ।
शुक्रबार गाउँपालिका उपाध्यक्ष पिमा वली खड्काले सभामा पेश गरेको विधेयकहरु आइतबार सर्बसम्मत रुपमा पास भएका हुन ।
पेश भएका बिभिन्न विधेयक पास गर्न गाउँपालिका अध्यक्ष शम्भु गिरीले सभामा निर्णयार्थ पेश गरेका थिए ।
गाउँपालिकाको आर्थिक बर्ष २०८१ / ०८२ को बार्षिक बजेट तथा कार्यक्रम माथिको संसोधन प्रस्ताव, स्थानीय बन सम्बन्धमा ब्यबस्था गर्न बनेको विधेयक २०८१ , दलित शसक्तीकरण सम्बन्धमा ब्यबस्था गर्न बनेको विधेयक २०८१ पस भएका हुन ।
त्यस्तै गाउँसभाले जलचर तथा जैविक बिबिधताको संरक्षण सम्बन्धमा ब्यबस्था गर्न बनेको विधेयक २०८१, महालेखा परीक्षकको प्रतिवेदनले औंल्याएको बेरुजु फच्र्यौट सम्बन्धमा लेखा समितिको वार्षिक प्रतिवेदनपनि पास गरेको छ ।
त्यस्तै आर्थिक बर्ष २०८० / ०८१ को न्यायिक समितिको वार्षिक प्रतिवेदन माथि छलफल तथा १७ औ गाउँसभादेखि हालसम्म कार्यपालिका वैठकले गरेका निर्णयहरु अनुमोदनका लागि सभामा पेश भएका थिए । ती सबै सर्वसम्मत रुपमा पास भएका हुन ।