२०८२ मङ्सिर १ गते सोमवार

महिला माथि निर्घात कुटपिटको घटना – अधिकारकर्मीको माग दोषीलाई कारबाही गर

तुलसीपुर, चैत १६ । घोराहीमा एक जना महिलालाई बिद्युत पोलमा बाँधेर निर्घात कुटपिट गरेको घटनाको चौतर्फी निन्दा भइ हरेको छ ।

जिल्लामा क्रियाशील बिभिन्न अधिकारबादी संग संगठनहरुले अमानविय रुपमा कुटपिटमा संलग्न ब्यक्तिहरुमाथि कानुनी कारबाहीको माग गरेका छन् ।

मानव अधिकार सञ्जाल दाङका सदस्य बिनोद केसी, महिला मानव अधिकार रक्षक सञ्जालकी केन्द्रीय सदस्य सुशीला पौडेल, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी, नागरिक समाज दाङका सचिव नारायणप्रसाद श्रेष्ठ, अन्तरपार्टी महिला सञ्जाल दाङकी अध्यक्ष प्रमिता चौधरी, अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका जिल्ला प्रतिनिधि जयनारायण पुन, महिला मानव अधिकार रक्षक सञ्जाल दाङका सहसचिव सरस्वती सुवेदी र महिला अधिकारकर्मी खुमा खड्काले शुक्रबार संयुक्त विज्ञप्ति जारी गरि कुटपिट घटनामा संलग्नलाई कानुनी कारबाही गर्न माग गरेका छन् । अधिकारकर्मीहरुले पीडितलाई उचित उपचारको व्यवस्थाको माग पनि गरेका छन् ।

कानूनलाई ठाडै चुनौती दिने गरी एक महिलालाई बिद्युत पोलमा बाँधेर सार्वजनिक रुपमा निर्घात रुपमा भएको कुटपिटको घटनाले गम्भीर मानव अधिकार उलंघनको अवस्था उजागर गरेको अधिकारकर्मीहरुले उल्लेख गरेका छन् ।


कुटपिटबाट घाइते ती महिलालाई घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रारम्भीक उपचारपछि थप उपचारका लागि बाँकेको नेपालगन्ज रिफर गरिएको छ ।

चैत ९ गते (शनिवार बेलुकी) घोराही उपमहानगरपालिका –११ चाँघु गाउँमा छिमेकी गाउँ घोराही –१० की २६ वर्षीया एक महिलामाथि बिद्युत पोलमा बाँधेर सामुहिक रुपमा निर्घात कुटपिट गरिएको थियो ।

कुटपिटमा संलग्न मध्य चाँघुका २८ वर्षीय गोपाल चौधरी, २८ वर्षीय शिवकुमारी चौधरी र २८ वर्षीया हिरामती चौधरी पक्राउ परेका जिल्लाका निमित्त प्रहरी प्रमुख डिएसपी चक्रबहादुर शाहले बताए ।

कुटपिटबाट पीडित महिलाको छाति, घाँटी, शरीरका विभिन्न भाग र दुवै आँखा गहिरो चोट पटक लागेको अधिकारकर्मीहरुले बताएका छन् ।

पीडित महिलाको दुवै आँखाको नानीमा रगत जमेको र छातिमा चोट लाग्दा श्वासप्रश्वासमा समस्या देखिएको अधिकारकर्मीहरुले उल्लेख गरेका छन् ।

पीडित महिला घोराही – १० को एक कृषि फर्ममा काम गर्दै आएकी थिइन । उनलाई प्रेमको प्रलोभन देखाएर पक्राउ परेका मध्य एक जनाले छिमेकी गाउँ घोराही – ११ चाँघुस्थित आफ्नो घरमा बोलाएका थिए ।

त्यसपछि घरमा पुगेकी पीडित महिलालाई ती पुरुषकी श्रीमति लगाएतले चोरीको आरोप लगाइ निर्घात कुटपित सुरु गरेका थिए ।

यो पनि पढ्नुहोस : खम्बामा बाँधेर महिलामाथि निर्घात कुटपिट

प्रकाशित मिति : २०८१ चैत्र १६ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *