२०८३ कार्तिक २३ गते आइतवार

खाना पकाउँदै गर्दा कपडामा आगो सल्कियो, ६० बर्षीया महिला गम्भिर घाइते

तुलसीपुर, चैत १६ । तुलसीपुरमा भान्सामा खाना पकाउने क्रममा कपडामा आगो सल्किदा एक महिला गम्भिर जलनमा परेकी छन् ।

तुलसीपुर उपमहानगरपालिका – ३ गोठीखोलाकी ६० बर्षीया गोमा वलीले आफ्नै घरमा शनिबार बिहान पौने ९ बजेतिर खाना पकाउँदै गर्दा कपडामा आगो सल्किएपछि जेलेर घाइते भएकी हुन ।


वलीको ढाड, पेट, तिघ्रा लगाएतका भागमा गम्भीर जलन भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक सुर्य राना मगरले बताए । प्रहरीका अनुसार वलीको झन्डै ३० प्रतिसत भाग जलन भएको छ ।


जलनमा परि गम्भीर घाइते अवस्थाकी वलीलाई उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल ल्याइएको छ ।

प्रकाशित मिति : २०८१ चैत्र १६ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *