२०८२ बैशाख ३० गते सोमवार

तुलसीपुरका यि दम्पत्ति जस्ले भारतमा सवारी दुर्घटनामा ज्यान गुमाए

भारतको तुलसीपुरमा भएको सवारी दुर्घटनामा ज्यान गुमाएका दाङ तुलसीपुरका वली दम्पत्ति

दाङ, चैत १५ । दाङ तुलसीपुरका एक दम्पत्तिसहित चार जनाको भारतमा भएको सवारी दुर्घटनामा परि मृत्यु भएको छ ।

तुलसीपुरबाट तीर्थ यात्राका लागि भारत गएका तुलसीपुर उपमहानगरपालिका – ७ की ८२ बर्षीया धनमाया वली उनका श्रीमान ८६ बर्षीय जितबहादुर वलीको सवारी दुर्घटनामा परि मृत्यु भएको हो । उनीहरुका छोरा घाइते छन् ।


उक्त दुर्घटनामा परि तुलसीपुर – ४ गोठीखोलाका ७१ बर्षीय परविर खत्री र तुलसीपुर–७ पर्सेनीका ३८ वर्षीय स्कार्पियो चालक युवराज चापागाईको पनि मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक सुर्य राना मगरले बताए ।

उक्त दुर्घटनामा परि तुलसीपुर – ७ की ३५ बर्षीया कैलासी वली, ५२ बर्षीया नौमति खड्का, तुलसीपुर – ३ दमारगाउँकी ५० बर्षीया कृकुली खड्का, तुलसीपुर – ४ का ५० का मनबहादुर खड्का, तुलसीपुर – ४ का ६९ बर्षीय लालमणि खत्री गम्भीर घाइते छन् ।


त्यस्तै दुर्घटनामा आमा बुवा गुमाएका तुलसीपुर – ७ का ४२ बर्षीय मोतिराम वली र तुलसीपुर – ७ का २५ का सकिल खान पनि घाइते भएका छन् । वली र खानको अवस्था भने खतरा मुक्त रहेको प्रहरीले जानकारी दिएको छ ।


बिहीबार बिहान तुलसीपुरबाट तीर्थ यात्रामा निस्किएका उनीहरु सवार भारतीय नम्बर प्लेटको यूपी ३१ एसी ७२०० नम्बरको स्कार्पियो भारतको तुलसीपुरमा दुर्घटनामा परेको थियो ।

दुर्घटना बिहिबार दिउँसो ४ बजेतिर भएको थियो । साइकल यात्रुलाई जोगाउन खोज्दा तीब्र गतिको स्कार्पियो बिद्युत पोलतमा ठोक्किएको थियो ।

दुर्घटना स्थल नेपाल भारत सीमा क्षेत्र कोइलाबास नाका भन्दा झन्डै १२ किलोमिटर दक्षिण भारतको भूभागका पर्छ ।

प्रकाशित मिति : २०८१ चैत्र १५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *