काठमाडौं, चैत १५ । काठमाडौंमा शुक्रबार राजाबादीहरुले ‘राजा फर्काउने आन्दोलन’का नाममा हिंसात्मक क्रियाकलपा गरेका छन् ।
उनीहरुले निजी घर, केही सञ्चारगृहमा तोडफोड गरेका छन् । एउटा निजी घरमा आगजनी पनि गरेका छन् । ठाउँ ठाउँमा गाडीहरुमा तोडफोड र आगजनी गरेका छन् ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा शुक्रबार भएको आन्दोलन हिंसात्मक बनेपछि स्थानीय प्रशासनले तीनकुने क्षेत्रमा ४ ः २५ देखि राति १० बजेसम्मका लागि कफ्यू लगाएको छ ।
राजावादीहरूले काठमाडौंको तीनकुने क्षेत्रमा प्रदर्शन र सभा गरेका थिए । सभा पहिले नै राजावादी र प्रहरीका बीचमा मुठभेड भएको थियो ।
जस्को सुरुवात आन्दोलनका ‘फिल्ड कमाण्डर’ भनिएका दुर्गा प्रसाईंले आँफैले सुरु गरेका थिए । उनले आँफैले गाडी हाँकेर प्रहरीलाई कुल्चिने गरि पेल्दै निषेधित क्षेत्र तोडेका थिए ।
प्रदर्शनकारीले कान्तिपुर टेलिभिजन, अन्नपूर्ण पोष्टमा तोडफोड र आगजनी प्रयास गरेका थिए ।
राजाबादीका आन्दोलनकारीले कोटेश्वरको जडिबुटी कारखानाका आधा दर्जन गाडी, पेरिसडाँडामा सरकारी नम्बर प्लेटको गाडी, बालकुमारी पारिपट्टिपनि एउटा सवारी साधनमा आगो लगाएको प्रहरीले जानकारी दिएको छ ।
राजावादीले शुक्रबार एकीकृत समाजवादीको मुख्यालयमापनि आगजनी गरेका थिए।