२०८२ बैशाख ३० गते सोमवार

घानामा बितेका पूर्णको शब २५ दिनपछि दाङ ल्याइ अन्तेष्टि गरियो

तुलसीपुर, चैत १५ । अमेरिका सपना पच्छ्याउँदै अबैध मार्ग (तल्लो बाटो) अमेरिका जान हिडेका ३८ वर्षीय पूर्णबहादुर डाँगी ‘घाना’को राजधानी आक्रा’मा फागुन २१ गते मृत अवस्थामा फेला परेका युवकको शब शुक्रबार गृह जिल्ला दाइ ल्याइ अन्तेष्टि गरिएको छ ।


अमेरिका सपना पच्छ्याउँदै गर्दा घानामा बिलाएका पूर्णको शब २५ दिन पछि दाङ आइ पुगेको हो ।

दाङको शान्तिनगर गाउँपालिका – ७ बुराडाबरका पूर्णबहादुर झन्डै डेड बर्ष अघि अमेरिका सपना पच्छ्याउँदै घरबाट हिडेका थिए । पूर्णको मृत्यु हृदयघातका कारण भएको थियो ।

बुधबार बेलुकी नै पूर्णको शब काठमाडौं आइ पुगेको थियो । बुधबार नै आफन्तले बुझेपनि शब दाङ नलाइएर एक रात काठमाडौंमै राखिएको थियो ।

बुधबार राति शब काठमाडौंकै टिचिङ अस्पतालको शब गृहमा राखिएको थियो । पूर्णका छोरा १६ बर्षीय रोशनको एसइई परीक्षा चालु रहेका कारण उनले एसइई सकेपछि मात्रै शब दाङ ल्याइएको हो ।


चैत ७ गते बाट सुरु भएको रोशनको एसइई परीक्षा शुक्रबार बिहान ११ बजे सकिदै थियो । त्यसैले शब शुक्रबार बिहान ११ बजेर २० मिनेटतिर तुलसीपुर – ९ दोघरेस्थित घर ल्याइ पुर्‍याइएको थियो ।

दोघरेबाट पूर्णको शब उनको पुर्खेउली गाउँ शान्तिनगर – ७ बुढाडाबर तर्फ लगिएको थियो । स्थानीय सीमठाना घाटमा पुर्‍याएर शुक्रबार हिन्दु परम्परा अनुसार उनको अन्तिम संस्कार गरिएको पारिवारिक स्रोतले बताएको छ ।

तस्बिर : फरककोण

प्रकाशित मिति : २०८१ चैत्र १५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *