२०८३ भाद्र १० गते बुधवार

तुलसीपुरबाट तीर्थ यात्रा गएका चार जनाको भारतमा भएको दुर्घटनामा परि मृत्यु, पाँच जना घाइते

दाङ, चैत १५ । दाङको तुलसीपुरबाट तीर्थ यात्राका लागि गएका चार जना ब्यक्तिहरुको भारतको तुलसीपुरमा भएको स्कार्पियो दुर्घटनामा परि मृत्यु भएको छ ।


दुर्घटनामा परी तुलसीपुर उपमहानगरपालिका – ७ पर्सेनीका ३७ वर्षीय गाडी चालक युवराज चापागाईसहित तुलसीपुर–७ श्रीगैँका मोतिराम वलीकी आमा ८० वर्षीया (नाम खुल्न बाँकी) र बुवा ८१ बर्षीय जितबहादुर वली र सोही ठाउँका ७१ बर्षीय परविर खत्रीको पनि मृत्यु भएको छ ।

खत्रीको नागरिकतामा ठेगाना रुकुम खारा भन्ने उल्लेख छ । तर, उनीपनि पछिल्लो समय तुलसीपुर – ७ मै बस्दै आएको खुल्न आएको वडाध्यक्ष रामबहादुर जिसीले फरककोणलाई बताए ।


वडाध्यक्ष जिसीका अनुसार घाइते मध्य ८१ बर्षीय जितबहादुर वली उपचारका क्रममा शुक्रबार लखनउमा मृत्यु भएको थियो ।
वडाध्यक्ष जिसीका अनुसार दुर्घटनामा परी मृत्यु भएका सबैको घर परिवारमा आँफु पुगेको र उनीहरुबाटै यो सूचना प्राप्त भएको बताए ।


दुर्घटनामा आमा बुवा गुमाएका भनिएका मोतिराम वलीसहित अन्य पाँच जना घाइते रहेको भन्ने सूचना आँफुले पाएको वडाध्यक्ष जिसीले बताए ।

तीर्थ यात्राका लागि तुलसीपुरबाट गाडी बुक गरि एउटै स्कार्पियो गाडीमा कुल नौ जना गएको भन्ने खुलेको उनले बताए । ती मध्य चार जनाको मृत्यु भएको हुँदा पाँच जना घाइते रहेको भन्ने सूचना आँफुले पाएको उनले जानकारी दिए ।

तीर्थ यात्राका लागि भनेर बिहीबार बिहान तुलसीपुर उनीहरु एउटै गाडीमा चढेर गएका थिए । भारतीय नम्बर प्लेटको यूपी ३१ एसी ७२०० नम्बरको स्कार्पियो गाडी नेपाल भारत सीमा क्षेत्र भन्दा झन्डै १२ किलोमिटर पर इण्डिया तुलसीपुरको बालारामपुर नजिक दुर्घटना परेको भन्ने खबर आएको उनले बताए ।
भारतीय नम्बर प्लेट राखिएको भएपनि त्यो गाडी दाङ तुलसीपुरकै रहेको भन्ने खुलेको पनि उनले जानकारी दिए ।
यो दुर्घटना बिहिबार दिउँसो ४ बजेतिर भएको थियो ।
साइकल यात्रुलाई जोगाउन खोज्दा गाडी दुर्घटनामा परेको खबर आएको उनले बताए ।

प्रकाशित मिति : २०८१ चैत्र १५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *