दाङ, चैत १४ । सल्यानमा राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रसाशन कार्यालय पुगेका एक जना बृद्धको लडेर मृत्यु भएको छ ।
बागचौर नगरपालिका – ७ टाट्केका ७० वर्षीय टीकाराम वलीको लडेर मृत्यु भएको हो ।
दम, रक्तचापको बिरामी उनी एकाएक लडेपछि उपचारका लागि जिल्ला अस्पताल खलंगामा लगिएको थियो । अस्पतालले उनलाई मृत घोषणा गरेको थियो । लड्दा उनको टाउकोमा चोट लागेको थियो ।
मृतक वली भान्जी ज्वाइँको साथ जिल्ला प्रशासन पुगेका थिए ।
मृत्युको कारण खुलिसकेको छैन। पोष्टमर्टम पछि कारण भन्न सहज हुने प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८१ चैत्र १४ गते बिहिवार