२०८२ बैशाख ७ गते शनिवार

बस दुर्घटनामा चालसहित ४ जनाको मृत्यु, २६ जना घाइते

दाङ, चैत १३ । अर्घाखाँचीमा बुधबार बेलुकी पख भएको बस दुर्घटनामा चार जनाको मृत्यु भएको छ । थप २६ यात्रु घाइते छन् ।

दुर्घटनामा परी मृत्यु हुनेमा बर्दघाटका बस चालक करिब ५० वर्षीय मदनकुमार विक, रूपन्देहीको बुटवल उपमहाननगरपालिका–८ का ५५ वर्षीय जमुना बस्याल, पश्चिम नवलपरासीका भुमहीकी करिब ५० वर्षीया उमा न्यौपाने र उमाकी सासु आमा करिब ६५ बर्षीया (नाम नखुलेकी) रहेका छन् ।
बर्दघाटबाट अर्घाखाँचीको सुपादेउराली मन्दिर दर्शनका लागि गएका यात्रुहरु दुर्घटनामा परेका हुन । उनीहरु सवार लु २ ख ३०३ नम्बरको बस मन्दिरबाट फर्किने क्रममा शितगंगा नगरपालिका– २ भुवनपाटाको गोरूसिंगे–सन्धिखर्क सडक खण्डमा बुधबार साँझ पौने ६ बजेतिर दुर्घटनामा परेको थियो ।

दुर्घटनापछि उनीहरु सबैलाई बसले च्यापेको थियो । उद्धार पछि चारै जनालाई ठाडा स्वास्थ्य चौकीमा पुर्‍याउनासाथ वास्थ्यकर्मीले मृत घोषणा गरेका थिए।

बस सडकदेखि करिब ३० मिटर मुनी खसेको थियो । उक्त दुर्घटनामा परी २६ यात्रु घाइते भएका छन् । ती घाइते मध्य १८ जनाको नाम ठेगाना खुलेको प्रहरीले जानकारी दिएको छ ।


घाइतेलाई थप उपचारका लागि बुटवल रिफर गरिएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८१ चैत्र १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *