दाङ, चैत १३ । रुकुम पश्चिममा नयाँ बाटो खन्ने क्रममा माथिबाट झरेको ढुँगा लागेर स्काभेटर चालकको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा सल्यानको बनगाड कुपिण्डे नगरपालिका – ७ का ३५ बर्षीय भोलाबहादुर बुढाथोकीको बाटो खन्ने क्रममा मंगलबार बेलुकी ५ बजेतिर माथिबाट झरेको ढुँगाले लागेर घटनास्थलमै मृत्यु भएको रुकुम पश्चिमका प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिए ।
बुढाथोकी भे १ क २३३० नम्बरको भोल्ब २१० नम्बरको स्काभेटरका चालक हुन ।
उनले रुकुम पश्चिमको बाफिकोट गाउँपालिका – ३ झिम्रुछिप्रा खोलामा वडा नं. २ संगको सीमाना जोड्ने भित्री सडक खन्ने क्रममा बुढाथोकीलाई माथिबाट झरेको ढुँगाले लाग्दा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०८१ चैत्र १३ गते बुधवार