तुलसीपुर,चैत १२। ओरेक दाङले जलवायु न्याय ,लैंगिक हिंसा न्यूनीकरण,यौन तथा प्रजनन स्वास्थ्य अधिकार र बिपद प्रतिकार्य योजनामा लैंगिक समानताको सुनिश्चितता पक्षमा पैरवी बैठक सम्पन्न गरेको छ ।
बन बाताबरण तथा बिपद ब्यवस्थापन समितिका संयोजक दुजमान भण्डारीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा
बोल्ने बक्ताहरुले बिपदको समयमा महिलाको बिचार र अनुभवलाई समेट्नुपर्ने बताए ।
उनीहरुले बजेट तथा कार्यक्रम तर्जु,कार्यान्वयन र अनुगमन ,अबसर तथा लाभको बाडफाड,शिक्षा स्वास्थ्य कृषि लगाएतका नीति तथा कानुन निर्माणमा महिला,युवा,लक्षित बर्गलाई प्राथमिकतामा राखिनुपर्नेमा जोड दिएका थिए ।
अझै पनि संघ ,प्रदेश र स्थानीय तहको कानुन निर्माणमा ३३ प्रतिशत महिला सहभागीता भनेता पनि महिलाको प्रतिनिधित्व न्युन रहेको बताए ।
कार्यक्रममा उनीहरुले बिपद जोखिम नक्साङकन गर्न सकेमा उक्त तथ्यांकको आधारमा बजेट बिनियोजन गर्न सहज हुने बिश्वास ब्यक्त गरे ।
साथै नगर प्रोफाइल र वडा प्रोफाइल अहिलेको आबश्यकता रहेको बताए ।
त्यस्तै कार्यक्रममा ओरेकका कार्यक्रम संयोजक अनुपमा पोख्रेलले बिपदले महिला, बालबालिका, वृद्ध,सुत्केरी महिला र अपाङ्गता भएका व्यक्तिहरू बढी प्रभावित पार्ने बताइन ।
बिपदको समयमा आबश्यकता मुखी सामाग्री वितरण गर्नुपर्ने,महिलाको सहज पहुंच पुग्ने गरि प्रतिनिधित्व हुनुपर्ने समाबेशितालाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ ।
कार्यक्रममा इलाका प्रसासन कार्यालय तुलसीपुरका प्रमुख महेश गुरुङ,महिला अधिजारकर्मी पधमा चौधरी, कृष्णा चौधरी ,तुलसीपुर नगर स्तरिय युवा संजाजका सचिब प्रेरणा परियार सदस्य उषा गौतम लगाएतले बोलेका थिए ।
महिला मावन अधिकार रक्षक संजाल दाङका अध्यक्ष अनिता पोख्रेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण ओरेक दाङका जिल्ला संयोजक कल्पना चौधरीले गरेकी थिइन् ।