२०८२ बैशाख ७ गते शनिवार

काँग्रेस प्रदेश सभापति वलीलाई पितृ शोक

तुलसीपुर , चैत १२ । नेपाली काँग्रेस दाङ क्षेत्र नं. ३ (२) का सभापति खिमबहादुर वलीलाई पितृ शोक परेको छ ।

प्रदेश सभापति वलीका तुलसीपुर उपमहानगरपालिका – ११ प्रिगाँउ निवासी बुवा हिमबहादुर वलीको ९५ बर्षको उमेरमा मंगलबार बिहान घरमै निधन भएको हो ।

हिमबहादुर वली केही समय यता बिरामी थिए । वलीको पार्थिव शरिरलाई मंगलबार दिउँसो २ बजेपछि बेलटाकुरास्थित बबई घाटमा अन्तेष्टिका लागि लगिने परिवारिक स्रोतले बताएको छ ।

प्रकाशित मिति : २०८१ चैत्र १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *