२०८२ बैशाख ७ गते शनिवार

लागु औषध तथा मनोसामाजिक सचेना कार्यक्रम सम्पन्न


देविराम कुसारी,दाङ, चैत ११ । मानविय सहायता नेपाल र घोराही उप-महानगरपालिका वडा नम्बर १५ को साझेदारीमा युवाका लागि लागु अैाषध तथा मनोसामाजिक एक दिने सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष बसन्त पोख्रेलको अध्यक्षता तथा वडा नम्बर १५ का वडा अध्यक्ष रमेशकुमार पाण्डेको प्रमुख आतिथ्यमा भएको कार्यक्रमका सहभागिले भौतिक भन्दा मानसिक समस्या तर्फ गम्भिर हुनु पर्ने वताएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष पाण्डेले लागु औसध दुर्ब्यसनी र मनोसामाजिक समस्याले युवालाई बढी असर पारेको भन्दै यस तर्फ युवा सचेत हुनुपर्ने बताए।

कार्यक्रममा वडा सदस्य दुर्गा नेपाली, सहभागि पुष्पा वली, मिलन बुढा, शुसिल सुनार लगाएतले बोलेका थिए ।

संस्थाका अर्चना शर्माको स्वागत वाट सुरु भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव निरिक्षक तुलबहादुर बिकले लागु अैाषधका बारेमा सचेतना गराएका थिए ।

त्यसैगरी मनोसामाजिक विमर्षकर्ता जानु थापाले मनोसामाजिक समस्याका बारेमा जानकारी गराइन

संस्थाका सरस्वती चौधरीले सहजिकरण गरेको कार्यक्रममा विभिन्न विद्यलय र अन्य गरी ५० जना भन्दा बढीको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०८१ चैत्र ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *