दाङ, चैत ११ । सल्यानमा यात्रुबहाक जिप दुर्घटना हुँदा १७ जना यात्रु घाइते भएका छन् ।
जिप दुर्घटनामा घाइते हुनेहरुमा कुमाख गाउँपालिका – ४ की ४१ वर्षीया हिरा शाही, सोही ठाउँका ५० वर्षीय प्रविर रावत, ३० वर्षीय अर्जुन बस्नेत, कुमाख – २ की २६ वर्षीया प्रतिमा बुढा, शारदा नगरपालिकका – १ का २२ वर्षीय अनिल नेपाली, बनगाड कुपिण्डे नगरपालिका – ५ की २१ वर्षीया भूमी राना, ६ वर्षीय एलिस रावत, शारदा नगरपालिका – ११ का १० बर्षे अनुपम बुढाथोकी र कुमाख गाउँपालिका २ की २६ वर्षीया ललिता बुढाथोकी रहेका छन् ।
त्यस्तै अन्य घाइतेहरुमा कुमाख गाउँपालिका – ३ तिमिलेका ६४ वर्षीया धने परियार, २८ वर्षीय ढम्मर बुढाथोकी, ४७ वर्षीया रिताकुमारी बुढा, ३५ वर्षीय शेरबहादुर नेपाली, १९ वर्षीया सपना वली, ३२ वर्षीया गिता चन्द, उनकी १० वर्षीया छोरी इन्दिरा चन्द, कुमाख – २ का १२ बर्षीय जय चन्द घाइते घाइते रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।
घाइते सबैको अवस्था सामान्ने रहेको तथा श्रीनगरमा उपचार भइ रहेको प्रहरीले जानकारी दिएको छ ।
जिप सोबार बिहान साढे ९ बजेतिर सिद्धकुमाख गाउँपालिका– ३ गतियानामा सडकमा पल्टिएको थियो । सल्यानको तिमिलेबाट श्रीनगर आउँदै गरेको भे १ ज १२१४ नम्बरको जिप ब्रेक नलाग्दा पल्टिएको चालकले बयान गरेका छन् ।
शारदा नगरपालिका – १ का २४ बर्षीय चालक आकाश बादीले ब्रेक फेल भएका कारण जिप सडक किनारमा पल्टिएको प्रहरी समक्ष बयान गरेको सल्यानका प्रहरी निरीक्षक रेशमबहादुर खत्रीले बताए ।
प्रहरी निरीक्षक खत्रीका अनुसार दुर्घटनाका घाइते १७ जना सबैको अवस्था सामान्ने छ । जिपमा चालकसहित १८ जना सवार थिए ।