दाङ , चैत १० । आइतबार दिउँसो बाँकेको डुडुवा गाउँपालिका – २ बेतहनीमा पानी बोक्ने ट्यांकरले ठक्कर दिँदा सहोदर दाजु भाइको मृत्यु भएपछि तनाबग्रस्त बनेको बेतहनिया अझैं पूर्ण रुपमा शान्त बनिसकेको छैन ।
दिउँसो साढे ३ बजेतिर भे १ ख ४१०७ नम्बरको पानी बोक्ने ट्यांकरले ठक्कर दिदा स्थानीय ७ बर्षीय शिब गोडिया र उनका दाजु ९ बर्षीय विशाल गोडियाको घटनास्थलमै मृत्यु भएको थियो ।
यि दुई दाजु भाई स्थानीय ‘नौरीगढी एकेडेमी’ को कक्षा एलकेजीमा अध्ययनरत थिए । कुलबाट घर फर्किदै गरेका दाजु भाइलाई बेतहनी चोकमा टयाँङकरले ठक्कर दिएको थियो ।
स्थानीयले बेलुली साढे ७ बजेपनि शब उठाउन दिएका छैनन् ।
घटना लगतै आक्रोसित स्थानीयले पानी बोक्ने ट्यांकरमा आगो लगाइ दिएको हुँदा त्यो जलेर नष्ट भएको थियो ।
चालकले लापुरबाही पूर्वक चलाएको हुँदा कारबाही हुनुपर्ने आक्रोसित स्थानीयको माग थियो । उनीहरुले चालकलाई लुकाएको तथा जोगाएको आरोप लगाउँदै बतहनिया प्रहरी चौकीमा पुगेको थिए ।
आक्रोसित स्थानीयले प्रहरी चौकीमा पनि आगजनी गरेका छन् । त्यो आगजनीबाट चौकीमा रहेका मोटरसाइकल पनि जलेका छन् । केही मोटरसाइकल पनि उनीहरुले तोडफोड गरेका छन् ।
प्रहरीले स्थिति नियन्त्रणमा लिन केही राउन्ड हवाइ फायर गर्नु परेको स्थानीय प्रशासनले जानकारी दिएको छ ।