२०८२ बैशाख ७ गते शनिवार

कुबेर जलको गम्भीर लारबाही – बजारमा पठाइएको प्याकिङ बोत्तल भित्रै फोहर पदार्थ

तुलसीपुर, चैत १० । तुलसीपुरबाट उत्पादन हुँदै आएको कुबेल जलको ब्यापक लापरबाही देखिएको छ ।


उस्ले बजारमा पठाएका प्याकिङ बोत्तल भित्रै खान अयोग्य फोहर बस्तुहरु फेला परेका छन् ।

आइतबार एउटा उद्योगमा बिक्रीका लागि पठाइएका मध्य सबै ६ वटै सिलबन्दी गरिएका बोत्तल भित्र स्याँउली फेला परेको छ । शिलबन्दी बोत्तल भित्र एकाध हैन, दर्जनौं संख्यामा स्याँउली स्याँउस्याँउती स्पष्टै आँगो आँखाले देखिन्छ ।

पानी खरिद गरि ल्याएका ती ब्यबसायीले कुबेर जलसेवाले जनस्वास्थ्यमा गम्भीर असर पर्ने खोले त्रुटीहरु गरेको हुँदा कारबाही हुनुपर्ने माग गरे ।


‘ यस्तो गम्भीर कुरा बजारमा बिक्रीका लागि पठाउनु गम्भीर खेलवाड हो,’ उनले भने ‘ यस्मा सम्बन्धित निकाएको गम्भीर ध्यानकर्षण होस र दोषीलाई कानुनी कठघरामा उभ्याइयोस ।’
ती ब्यबसायीले फरककोण्लाई पठाएको फोटो र भिडियोहरुमा स्पष्टै स्याँउली देख्न सकिन्छ ।


यसअघि पनि केही सञ्चार माध्यमहरुले कुबेर जलमा फोहर भेटिएको खबरहरु सार्वजनिक गरेका थिए ।
दाङका साथै साबिक राप्ती अञ्चलको खेलकुद बिकासमा बिगतमा महत्वपूर्ण योगदान गरेका स्वर्गिय कुबेर शाहको नामबाट उनको परिवारले कुबेर जलको ब्यापार सुरु गरेपनि त्यसमा गम्भीर लापरबाही देखिएको छ ।

स्वर्गिय शाहकै योगदानका कारण दाङसहित आसपासका जिल्लाहरुमा बिषेश गरि भलिवल र फूटबलको बिकासमा महत्वपूर्ण योगदान रहेको अग्रज खेलाडीहरुले बताउने गर्छन ।

हेर्नुहोस भिडियो :-

https://farakkon.com/wp-content/uploads/2025/03/received_574811142275967-3.mp4

प्रकाशित मिति : २०८१ चैत्र १० गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *